बुटवल । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले सञ्चारकर्मीले सूचना सम्प्रेषण नाममा व्यक्तिगत दृष्टिकोण सम्प्रेसण नगर्न आग्रह गरेका छन् । समाचार सामग्री तयार गर्दा सञ्चारकर्मीले आफ्नो दृष्टिकोणबाट मुक्त भई सूचनामात्रै सम्प्रेषण गर्न आग्रह गरे ।
सिद्धार्थ पब्लिकेशन प्रालिद्वारा प्रकाशित दैनिक लुम्बिनी पत्रिकाको ३२ औं वार्षिकोत्सव अवसरमा बुटवलमा आयोजित समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले सो आग्रह गरेका हुन् । ‘सञ्चारकर्मीले निष्कर्ष निकाल्न हतार गर्छ । निष्कर्ष निकाल्ने काम जनताको हो । दृष्टिकोण बनाउन नागरिकलाई सहयोग गर्ने हो । पत्रकालले आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने होइन,’ उनले भने । मुख्यमन्त्री पोखरेलले आमसञ्चार माध्ययममा यस्तोखालको मान्यता स्थापित गर्न समेत आग्रह गरेमा समाचारको स्तर माथि उठ्ने बताएका हुन् ।
लुम्बिनीको विस्तृत गुरुयोजना कार्यान्वयनमा बाधा पु¥याउनेका विरुद्धमा कलम चलाउन सञ्चारमाध्ययमलाई आग्रह गरे । विकास विरोधीप्रति मिडिया निर्मम बनेमात्रै समृद्धिको लक्ष्यमा पुगिने भन्दै उनले राज्यलाई आक्रमण गर्ने नीति अवलम्बन नगर्न आग्रह गरे । मुख्यमन्त्री पोखरेलले लुम्बिनीसहितका क्षेत्रको अध्ययन अनुसन्धानका लागि प्रदेश सरकारले अनुसन्धानवृत्ति उपलब्ध गराए पनि अनुसन्धानकर्ता आउन नसकेकोप्रति निराशा व्यक्त गरे । यस क्षेत्रको पर्यटन विकासका लागि अनुसन्धान पहिलो शर्त भएको उनले बताए ।
मुख्यमन्त्री पोखरेलले दैनिक लुम्बिनीले प्रकाशन गरेको ‘गन्तव्य’ विशेषाङ्कको प्रशंसासमेत गरे । प्रदेशको लुम्बिनी भ्रमण वर्ष र नेपाल भ्रमण वर्ष सफल पार्नमा महत्वपूर्ण भूमिका खेलेकोमा धन्यवाद दिए । राष्ट्रिय सभाका सदस्य गोपाल भट्टराईले मुलुककोसमृद्धी यात्रामा मिडियाको भूमिका महत्वपूर्ण हुने बताए । दैनिक लुम्बिनीले पञ्चायकालदेखि गणतन्त्रसम्मको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
कार्यक्रममा प्रदेशसभा सदस्य रमा अर्याल, तिलोत्तमा नगरपालिकाकी उपप्रमुख जागेश्वरी चौधरी, साइन रेसुङ्गा डेभलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत प्रकाश पौडेल, पत्रिकाका पूर्वसम्पादक डीआर घिमिरे, प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवाली, पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसी लगायतले लुम्बिनी दैनिकले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको बताए । सिद्धार्थ पब्लिकेशनका अध्यक्ष मोहन चापागाईँले मुलुकको समृद्धि र जनताको अधिकारका लागि लुम्बिनीले निरन्तर कलम चलाउने प्रतिबद्धता जनाए । मोफसलमा निजी क्षेत्रबाट निरन्तररुपमा प्रकाशित पहिलो पत्रिका दैनिक लुम्बिनीलाई अझैं जनमुखी र जवाफदेहिता बनाउँदै लैजाने जिम्मेवारी रहेको बताए । पत्रिकाका सम्पादक यानेन्द्र जिसीको संचालनमा भएको कार्यक्रममा पूर्वसम्पादक कर्णबहादुर कार्की, डिआर घिमिरे, विनोद पहाडी, चतुर्भुज आत्रेय, गिरी श्रीष, दीपक ज्ञवाली, सुरेश गुरागार्इँलाई सम्मान गरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वनमा आगो नलगाउन एमाले वडा कमिटी २१ को आग्रह
hero news full width
मुख्य समाचार
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१