स्कुटर दुर्घटना हुँदा राईको मृत्यु

आदर्श समाज सम्वाददाता
फागुन ९, २०७६
ACCIDENT-POKHARA

पोखरा, ९ फागुन । पोखरा–११ फूलवारीमा शुक्रवार विहान स्कुटर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ । ग १६ प ५५२२ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक भोजपुर घरभई पोखरा–११ रानीपौवा बस्दै आएका ३० वर्षीय राजकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरीक्षक एव प्रवक्ता राजकुमार केसीले बताए ।

दुर्घटना गम्भीर घाइते भएका राईलाई उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको बारेमा कास्की प्रहरीले थप अनुसन्धान अगाडि वढाएको छ ।

Related News

सम्बन्धित समाचार

hero news full width