तानसेन, ८ फागुन । पाल्पाको रामपुर नगरपालिका–४ रामघाट भुलादी खोला भुद्रुङघाटमा गत वर्ष फेला परेको अनौठो गुफाको प्रचार गरी भ्रमण वर्षमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नुपर्ने आवश्यकता औल्याइएको छ ।
स्थानीयले बाहिरी भागमा सानो दुलो देखेपछि खोज गर्ने क्रममा उक्त गुफा पत्ता लागेको स्थानीय दिनेश कुमालले बताए । विसं २०७५ को वैशाखमा स्थानीयवासीले फेला पारेको गुफाभित्र, मन्दिर, शङ्ख, शिवलिङ्ग, हात्तीको चित्र, भगवानका विभिन्न आकृति, पानीका धारा, पानीपोखरी लगायतका आकृति देख्न सकिन्छ ।
तीन तहका कोठा रहेको गुफा नजिकै वशिष्ठ, कौशिक, दुम्सी, सातपत्रे र चमेरेगुफासमेत छ । वशिष्ठ गुफाका बारेमा पुराणमा समेत उल्लेख भएकाले पनि धार्मिक हिसाबले महत्वपूर्ण मानिने स्थानीय मीनराज रेग्मीले बताए । विभिन्न भगवान्का आकृति, उनीहरुको बासस्थान रहेको अनुमान लगाउन सकिने दृश्यले जो कसैलाई आकर्षित गर्छ । यसको प्रचार भने हुन सकेको छैन । करिब १५० मिटर लम्बाइको गुफाभित्र करिब एक हजार मानिस अट्ने आँकलन गर्न सकिन्छ । त्रेता युगमा भगवान् रामले भ्रमण गरेको तथ्यसँग जोडिएको रामपुरमा भेटिएको गुफा पनि यसकै आकृतिका रुपमा लिन सकिन्छ ।
भगवान् रामसँग जोडिएको रामघाट, रामचेबन, रानीवन, सीताकुण्ड, रानीवासलगायतका ठाउँको नामाकरण गरिएको छ । भगवान्ले स्नान गरेका, पानी बाण हानेर निकालेका, खाना पकाएका चुलो,मन्दिरलगायतका स्थानले पनि रामपुर क्षेत्र धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सकिने रामपुर नगरपालिकाका नगरप्रमुख रमणबहादुर थापाले बताए । प्रशस्तै चमेरा भेटन सकिने गुफाको संरक्षण संवद्र्धन गरी यसको प्रचार गरेमा थुप्रै पर्यटक भित्र्याउन सकिने आधार छ । खुला राख्दा गुफाभित्रका आकृति चोरी हुने र गुफाको अस्तित्व हराउने डरले गुफा बन्द गरेर राखिएको सामुदायिक रानीवन तथा बडबान वन उपभोक्ता समितिका सचिव हमिदअलि मियाँले जानकारी दिए । सचिव मियाँले रामपुर नगरपालिकामा गुफाको प्रचारका लागि अनुरोध गरेको बताए ।
गत वर्ष गुफा फेला पारेपछि हेर्नेहरुको भीड लागेको र गुफामा पस्ने ठाउँ साँघुरो भएकाले केही दुर्घटना हुने डरले स्थानीय प्रशासनले गुफा बन्द गरेको हो । प्राकृतिक सुन्दरताले भरिएको पाल्पा अनेकन पर्यटकीय गन्तव्यका आधार भएपछि कतिपय अझै संरक्षण संवद्र्धनका कारण ओझेलमा छन् । भ्रमण वर्ष २०२० सफल बनाउन प्याराग्लाइडिङ्, जलयात्रा, यहाँका जातजाति धर्म, संस्कृतिअनुसारका वेषभूषा र कला, संस्कृति प्रदर्शन तयारी भएको रामपुरमा गुफाको प्रचारप्रसार गर्न सके अझै धेरै पर्यटक भित्र्याउन सकिन्छ । कालीगण्डकी करिडोर निर्माणको काम तीव्र भइरहँदा लुम्बिनी आएका पर्यटक, कालीगण्डकी करिडोर हुँदै कास्कीको पोखरा तथा चितवन सौराहा जान नजिक पर्छ ।
रुपन्देहीबाट पाल्पा, स्याङ्जा हँुदै कास्की पोखराबाट चितवन पुग्ने पर्यटकलाई यहाँका पर्यटकीयस्थलको प्रचार गरेर यही रामपुरको बाटो हुँदै पठाउने व्यवस्था मिलाउनुपर्ने पाल्पाका उद्योगी व्यवसायीको धारणा भए पनि उचित व्यवस्थापन भने मिलाइएको छैन । रामपुर पर्यटन प्रवद्र्धन समितिका संयोजक तथा रामपुर नगरपालिकाका नगरप्रमुख थापाले यस क्षेत्रमा पर्यटक भित्र्याउन कास्कीमा होटल व्यवसायीसँग समन्वयात्मक कार्यक्रम गरिने जानकारी दिए । उनले रामपुरको अनौठो गुफाको प्रचारप्रसार पर्यटन महोत्सवभन्दा अगाडि नै यसको काम गर्ने सोच भए पनि विज्ञहरु रामपुर ल्याउन नसकिएका कारण रोकिएको बताए । नगरप्रमुख थापाले नेपाल पर्यटन बोर्डसँग पटक–पटक कुरा भए पनि गुफासम्बन्धी विज्ञ थोरै सङ्ख्या भएका कारण बोलाउँदा समयमा नआएको बताए ।
जोखिमका हिसाबले गुफा अहिलेलाई बन्द गरिए पनि यसको विकास र प्रचारप्रसारमा स्थानीय सरकारको पहल कायमै रहेको नगरप्रमुख थापाको भनाइ छ । प्रचारका कारण रामपुर आउने पर्यटक मानिसले नै तयार पारेको तालपोखरा पुग्छन् । प्रचारप्रसार समितिका संयोजक बुद्धिप्रकाश रेग्मीले रामपुुर नगरपालिकाले नगरक्षेत्रका यी र यस्ता गुफाको प्रचारप्रसारमा ध्यान दिनु आवश्यक भएको बताए ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१