लमजुङ । गण्डकी प्रदेशस्तरीय क्यान ईन्फोटेक मेला– २०२० को तयारीबारे लमजुङमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । उक्त मेला फागुन ११ गतेदेखि १५ गतेसम्म पोखराको नयाँबजारमा हुनेछ ।
सोही सन्दर्भमा पत्रकार सम्मेलन गर्नु अघि लमजुङमा माविस्तरीय ईन्फोटेकको हाजिरिजवाफ प्रतियोगिता समेत गरिएको थियो । सो प्रतियोगितामा विद्याविकास आमावि पहिलो, बुद्धमेमोरियल दोस्रो र अर्थ्ली प्याराडाइज आमावि तेस्रो भएको ईन्फोटेक लमजुङका संस्थापक अध्यक्ष कृष्ण लामिछानेले बताए । उनका अनुसार प्रतियोगीहरूलाई ईन्फोटेक सम्बन्धी छ राउण्ड प्रश्न सोधिएको थियो । सो प्रतियोगिताका विजेतालाई क्रमशः २ हजार, १ हजार ५ सय र १ हजारका साथमा प्रमाणपत्र वितरण गरिएको आयोजकको भनाई छ ।
क्यान इन्फोटेक मेला– २०२० का बारेमा जानकारी दिदै क्यान कास्कीका निवर्तमान अध्यक्ष युवराज पौडेलले मेला प्रदेशस्तरीय भए तापनि आयोजना क्यान कास्कीले गरिरहेको बताउँदै मेलाको व्यवस्थापन गर्न विभिन्न ३५ वटा उपसमिति गठन भएको बताए । उनले भने, ‘सरकारले पेपरलेस नेपालको अवधारणको विकास गरेको र सूचना मैत्री बनाउने भनेबाट पनि यस मेलाको सार्थकता झल्किएको छ ।’ हामीले प्रविधि जानेका र नजानेका बीचको दुरी कम गर्नका लागि सचेतनामूकल कार्यक्रम सञ्चालन गर्छौं उनले भने ।
उक्त अवसरमा क्यानका बारेमा खुल्ला वक्तृत्व कला प्रतियोगिता समेत गर्ने तयारी गरिएको बतायएको छ । उनले भने, ‘विश्वमा सबैभन्दा धनी व्यक्ति आज इप्रविधिको मालिक भएबाट यसको महत्वको पुष्टि हुन्छ ।’
उक्त मेलामा २५ लाखदेखि ३० लाख खर्च हुने र करिब पाँच लाख बचत हुने त्यसबाट सामाजिक कार्य गरिआएको र भोलिका दिनमा पनि त्यसलाई निरन्तरता दिने उनले बताए । उक्त कार्यक्रम क्यान लमजुङका अध्यक्ष कृष्ण भुषालको अध्यक्षतामा भएको थियो भने सञ्चालन सुनिल विक सुशीलले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
विद्युतीय सवारीसाधनमा आकर्षण
पोखरामा ‘विज्ञान, प्रविधि र नवप्रवर्तनका क्षेत्रमा देखापरेका प्रवृत्तिहरू’ सम्मेलन
साइबर अपराधविरुद्ध सचेतना
टिकटक बन्द गरे/नगरेकाबारे जवाफ दिन निर्देशन
साइबर सुरक्षासम्बन्धी कार्यशाला
hero news full width
मुख्य समाचार
फडिन्द्रले इन्कार गर्दा माओवादीले दिन सकेन मन्त्री
गण्डकीमा एमालेका सीता सुन्दास र बेदबहादुरले लिए मन्त्रीको शपथ
वैशाख २४, २०८१सीतालाई सामाजिक. बेदबहादुरलाई खानेपानी मन्त्रालयको जिम्मा
वैशाख २४, २०८१सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै खगराज
वैशाख २४, २०८१मन्त्रीमण्डल विस्तार गर्दै मुख्यमन्त्री अधिकारी, आजै साढे ४ मा शपथ
वैशाख २४, २०८१संविधान मिचेर मुख्यमन्त्रीलाई बहुमत, कांग्रेस सर्वोच्च जाने
वैशाख २४, २०८१