ऋषिराम बराल -पोखरा। प्रधोशित पानीको मूल्य समायोजन गरेको ५१ दिन वितिसक्यो तर अधिकाशं पानी उद्योगले उपभोक्तालाई पुरानै मूल्यमा पानी बिक्री गरेका छन् ।
प्रदेश बजार अनुगमन नियमावली, २०७६ को अधिकार प्रयोग गर्दै प्रदेश बजार अनुगमन समिति गण्डकीले प्रशोधित पानीको मूल्य घटाएको थियो । समायोजन गरेको मूल्य मंसिर २० गतेदेखि कार्यान्वयन गर्न पानी व्यवसायी पनि तयार भए तर एक÷दुई जना पानी व्यवसायीले कारण मूल्य समायोजन कार्यान्वयनले निरन्तरता पाउन सकेन् । प्रदेश बजार अनुगमन समिति गण्डकी र नेपाल बोटल वाटर उद्योग संघ गण्डकीको सहमतिमा गत कात्तिक महिनामा प्रशोधित पानीको मूल्य निर्धारण गरिएको थियो । समितिले नेपालका ७ वटा प्रदेशमध्ये पहिलो पटक प्रदेश नियमावली २०७६ को अधिकार प्रयोग गरी प्रशोधित पानीको मूल्य निर्धारण पनि गरेको थियो तर कार्यान्वयन सफल भएन् ।
उपभोक्ताले प्रशोधित १ लिटर मिनरलको २५ रुपैयाँमा खरिद गर्दै आएका थिए भने मंसिर २० बाट घटाएर १६ रुपैयाँ र प्रशोधित २० लिटरको जारको पानी ६० रुपैयाँबाट घटाएर ५० रुपैयाँमा उपभोक्ताले प्राप्त गर्ने निर्णय गरिएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाद्वारा विहीवार पोखरामा पानी उद्योगी ÷व्यवसायीलाई असल उत्पादन अभ्यास सम्वन्धी सहजीकरणमा पानीको गुणस्तरीयतामा ख्याल गर्न निर्देशन दिइएको थियो । सो अवसरमा वोल्दै उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीका निर्देशक गोकुल शर्मा पौडेल भने–पानीको मूल्य निर्धारण गर्न सहमति भएको व्यवसायीले घटेको मुल्यमा प्रशोधित पानी बिक्री नगर्नु राज्यको कानूनलाई मान्दिन भन्नु हो ।
विशेष अतिथि उपभोक्ता मञ्च गण्डकी प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले पानीको एमआरपी मूल्य घटाउन सहमत भएरपनि मूल्य नघटाउनु विडम्वना हो । ‘नेपाल बोटल वाटर उद्योग संघसँग सहमति गरेर नै मूल्य निर्धारण गरिएको हो, तर कार्यान्वयन नगर्नु सरकारलाई नै अटेर गर्नु हो, उनले भने । पानी उद्योगले प्रशोधित १ लिटरको मिनरल वाटर वोतलको ११ रुपैयाँ ९० पैसा प्राप्त गर्दै आएका छन् भने उपभोक्ताले त्यही पानी खुद्रा मूल्यमा २५ रुपैयाँमा खरिद गर्दै आएका छन् । त्यस्तै, २० लिटरको जारमा रहेको प्रशोधित पानीको मूल्य उद्योगले २२ रुपैयाँमा डिलरलाई बेच्ने गरेकोमा उपभोक्ताले ६० रुपैयाँ तिर्दै आएका छन् ।
सो अवसरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका प्रमुख विमलकुमार दाहाल, पोखराका प्रमुख प्रशान्त लामिछाने, उपभोक्ता हित संरक्षण मञ्चका पुण्य पौडेल, पानी उद्योगी यदुनाथ अधिकारी, रवीन्द्रमोहन अधिकारी लगायतले आफ्नो भनाई राखेका थिए ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१