खैरेनीटार, १४ माघ । श्रीकृष्ण सृजनशील नेवाः खल खैरेनीटार तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ६ मा रहेको मुल बाराही मन्दिर परिसरमा भएको छैटौ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पुनः शेरबहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
समितिको उपाध्यक्षमा गंगाराम श्रेष्ठ, सचिवमा सुरेन्द्र श्रेष्ठ, कोषाध्यक्षमा डालकुमार श्रेष्ठ र सदस्यहरुमा दुर्गामान श्रेष्ठ, श्याम श्रेष्ठ, रहरमान मल्ल, रुपक मल्ल, चन्द्र कुमार श्रेष्ठ ख, बलबहादुर श्रेष्ठ, इन्द्रमान श्रेष्ठ, सुबास श्रेष्ठ र बीजु श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।प्रमुख अतिथि नेवाःदेय दबुका केन्द्रीय उपाध्यक्ष शंकरनारायण श्रेष्ठले नेवारी समुदाय एउटा छुट्टै पहिचान भएको जाति भएको वताए । उनले नेवारको आफ्नै संस्कारले समाजमा बिशिष्ट भूमिका रहेको समेत जनाए ।
कार्यक्रममा नेवाःदेय दबुका केन्द्रीय सदस्य बसन्ता श्रेष्ठ, तनहुँ नेवाः खलका अध्यक्ष डिलबहादुर श्रेष्ठ, तनहुँ नेवाः मिसा दबुका अध्यक्ष तुलसी कुमारी श्रेष्ठ, नेवाःदेय दबु शुक्लागण्डकी नगर समन्वय समितिका अध्यक्ष अर्जुन कुमार श्रेष्ठ, नेवाःमिसा दबु शुक्लागण्डकीका उपाध्यक्ष शान्ति श्रेष्ठ, मिलिजुली नेवाः खल खैरेनीटारका अध्यक्ष शर्मिला श्रेष्ठ, नव दर्गा नेवाःखल खैरेनीटारका अध्यक्ष चन्द्र कुमार श्रेष्ठ, बर्म कुमार श्रेष्ठ लगायतले वोलेका थिए ।समितिका अध्यक्ष शेरबहादुर श्रेष्ठकोे अध्यक्षता रहेको कार्यक्रममा स्वागत समुन्द्रराम श्रेष्ठले गरेका थिए भने सञ्चालन सचिव गंगाराम श्रेष्ठले गरेका थिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१