गोरखामा व्यवसायिक कफी तालिम

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
coffee

गाेरखा ।  गोरखामा चिया तथा कफी किसानलाई एक दिने व्यवसायिक कफी तथा उत्पादन प्रविधि सम्वन्धी तालिम सम्पन्न भएका छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराद्वारा आयोजित तथा गोरखा नगरपालिकाको समन्वयमा गोरखा नगरपालिका–४, फिनाममा १ दिने व्यवसायिक कफी उत्पादन प्रविधि तालिम सम्पन्न भएको हो ।

गोरखा नगरपालिका वडा ४ का अध्यक्ष खोपबहादुर अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा गोरखा नगरपालिकाका मेयर राजनराज पन्तको प्रमुख आतिथ्यमा भएको थियो । कार्यक्रममा वडा सदस्यहरु गणेश बहादुर थापा र जमिल मियाँ तथा वडा सचिव नारायणबावु भट्ट साथै पत्रकार मोहसिन अलि मियाँ अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै मेयर राजनराज पन्तले गोरखा नेपालको ऐतिहासिक ठाँउ भएको र यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो भएकाले पर्यटकलाई गोरखाकै कफी खुवाउन सक्ने संभावना रहेकाले किसानलाई कफी खेती गर्न प्रोत्साहन गरेका थिए । कफी खेती सहयोगमा राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय, पोखराले गरेको सहयोग प्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोगको निरन्तरता पाउने आशा व्यक्त गरेका थिए ।

कार्यक्रमका अध्यक्ष तथा वडा नं ४ का वडा अध्यक्ष खोपबहादुर अधिकारीले कफी खेतीको लागि किसानलाई हरदम सहयोग गर्न तत्पर रहेको बताए । साथै किसानले प्राविधिक विषयको ज्ञान राखी कफी खेती गर्न सझाव दिएका थिए । बोर्ड कृषि प्राविधिक नगेन्द्र सुवेदीले कफीको लागि उपयुक्त हावापानी, माटो, कफी रोपण, कफीलाई छहारी व्यवस्थापन, कफी बगैचा व्यवस्थापन लगायत विविध विषयमा तालिम प्रदान गरेका थिए । तालिममा गोरखा जिल्लाका विभिन्न स्थानबाट झन्डै ४५ जना किसानको सहभागिता रहेको थियो । १ दिने तालिमको सञ्चालन बोर्डका प्राविधिक नगेन्द्र सुवेदीले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width