कराँते प्रशिक्षक धनराज महर्जनलाई सम्मान

आदर्श समाज सम्वाददाता
माघ १३, २०७६
Karate Coach Maharjan Samman

बागलुङ । नेपाल सितिरियो कराँते संघ बागलुङले खेल प्रशिक्षक धनराज महर्जनलाई सम्मान गरेको छ ।

प्रशिक्षक महर्जनले २०५० सालदेखि बागलुङमा कराँते खेल भित्राएर प्रशिक्षण दिँदै आएका छन् ।

कार्यक्रममा महर्जनले बागलुङको खेल क्षेत्रमा महत्वपूर्ण भूमिका खेलको बक्ताहरुले बताए । उनले यहाँ धेरै खेलाडीहरु उत्पादन गरेको बक्ताहरुको भनाई थियो । कार्यक्रममा संघका संस्थापक अध्यक्ष राजबिन थापाले बागलुङको खेल क्षेत्रमा कराँते खेलले छुट्टै पहिचान गराउन सकेको बताए ।

कार्यक्रम संघका सचिव कृष्ण कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक सदस्य सुरज बोसेलले स्वागत र पूर्व सदस्य महेन्द्र खड्काले संचालन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै