आइसीसी एक दिवसीय श्रृंखला खेल्ने नेपाली टोलीको घोषणा

आदर्श समाज सम्वाददाता
माघ ११, २०७६
Nepali Cricket Team

पोखरा । आइसीसी विश्व क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा आयोजना हुने पहिलो एक दिवसीय श्रृंखला खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

नेपाल, ओमान र अमेरिकासँग हुुने त्रिकोणात्मक श्रंखलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार ज्ञानेन्द्र मल्लको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

हाल पोखरामा बन्द प्रशिक्षणमा रहेका २४ खेलाडीबाट १४ सदस्यीय टोलीको घोषणा गरिएको हो । टोलीमा कप्तान मल्लसहित दीपेन्द्र सिंह ऐरी, पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, विनोद भण्डारी, अभिनाष बोहरा, कुशल मल्ल, कमलसिंह ऐरी, सुशन भारी, रोहितकुमार पौडेल, शरद भेषवाकर र ललित राजवंशी छनोटमा परेका छन् ।

यसअघि, १९ वर्षमुनिको राष्ट्रिय टोलीबाट खेलिसकेका तीव्र गतिका बलर कमलसिंह ऐरी पहिलो पटक राष्ट्रिय टोलीमा परेका हुन् । त्यसैगरी, वैकल्पिकतर्फ पवन सर्राफ, सुवास खकुरेल, सन्दीप जोरा र किशोर महतो छन् । माघको २२ गतेदेखि २९ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा त्रिकोणात्मक खेल हुनेछ ।

Related News

सम्बन्धित समाचार

  • स्केटिङ तथा स्केटबोर्डिङ संघमा राजकुमार

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेश स्केटिङ तथा स्केटबोर्डिङ संघ अध्यक्षमा राजकुमार घिमिरे चयन भएका छन् । पोखरामा भएको भेलाले उनको अध्यक्षतामा…
  • कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा  । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको आठौं पोखरा स्पोर्टस् अवार्डमा वर्ष खेलाडी (पुरुष) विधाको मनोनयनमा क्रिकेटका अर्जुन…
  • वर्ष खेलाडीको चर्चा

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्डको वर्ष खेलाडी (महिला) विधामा आर्चरीकी अनुश्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता…
  • पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २५, २०८१
    पोखरा । पत्रकार रोहितराज पराजुलीलाई उत्कृष्ट खेलकुद पत्रकारिता अवार्डबाट सम्मानित गरिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार आयोजना…
  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…

hero news full width

trending post