पोखरा । पोखराको अमरसिंह ब्वाइज क्लब (एबीसी) र टि बर्गर ललितपुर उपाधिका लागि बगर भाइखलक भेट्रान एट–ए–साइड फुटबलको फाइनलमा भिड्ने भएका छन् ।
बगर भाइखलक पोखराले आयोजनामा गरेको तेश्रो स्व. रन्जित गुरुङ स्मृति तथा नवौं बगर भाइखलक भेट्रान एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत सेमिफाइनलका खेल जित्दै दुबै टिम फाइनल प्रवेश गरेका हुन् ।
पोखराको बगर–१, टुंडिखेलमा शुक्रबार भएको सेमिफाइनलको पहिलो खेलमा एबीसी भेट्रानले एक्स–पोखरालाई टाइब्रेकरमा ३–१ को गोलले पाखा लगाउँदै फाइनलको लागि स्थान पक्का ग¥यो । निर्धारित समयमा कुनैपनि गोल हुन नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो ।
टाइब्रेकरमा एबीसीको तर्फबाट विश्वलाल श्रेष्ठ, संजय गुरुङ र विजय गुरुङले गोल गरे । एक्स–पोखराबाट राजेन्द्र तामाङले गोल गरेका थिए । सुरज मल्लले गोल गर्न नसकेपछि पराजित बेहोर्नुपरेको हो ।
त्यस्तै, सेमिफाइनलको दोश्रो खेलमा टि–बर्गर ललितपुरले मिया सान मिया फुटबल क्लबलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको छ । टि–बर्गरका लागि टियाराम भुजेल, सन्तोष बस्नेत, सुक्र तामाङ र राजकुमार केसीले समान १/१ गोल गरे । मिया सान मियाका लागि नविन न्यौपानेले शान्त्वना १ गोल गरे ।
‘स्वास्थका लागि एक घण्टा व्यायाम, नागरिकहरुका लागि नौलो आयाम’ भन्ने मूल नारालाई आत्मसात गरी विगत २०६८ सालदेखि ४० वर्षदेखि ६५ बर्षको उमेर समुहको भेट्रान फुटवल प्रतियोगिता आयोजना हुँदै आएको छ ।
प्रतियोगितामा विभिन्न ९ जिल्ला र भारत कलकत्ताका गरि २८ टिमको सहभागिता थियो । प्रतियोगितामा उपाधी विजेताले १ लाख ११ हजार र उपविजेताले ५५ हजार ५ सय ५५ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बगर भाइखलकका अध्यक्ष दिलबहादुर गुरुङले जनाएका छन् ।
त्यसैगरी, सेमीफाइनल प्रवेश गर्ने प्रत्येक टिमलाई १० हजार प्रोत्साहन स्वरुप पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलकीपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट फरवार्ड खेलाडीले ट्रफी सहित ५ हजार पाउनेछन् । सर्वोत्कृष्ट खेलाडीले ट्रफी १० हजार पाउनेछन् ।
त्यस्तै, अनुशासित टिम, प्रतियोगितामा सहभागी सवै भन्दा जेष्ठ खेलाडीलाई सम्मान एवं हरेक खेलका ‘म्यान अफ दी म्याच’ लाई बिशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले फाइनल खेलको उद्घाटन गर्ने कार्यक्रम छ ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१