रेडक्रस कास्कीकोटको पन्ध्रौँ वार्षिक साधारण सभा

आदर्श समाज सम्वाददाता
माघ ५, २०७६
redcress photo

पोखरा, ५ माद्ध । नेपाल रेडक्रस सोसाइटी पोखरा–२४ कास्कीकोट उपशाखाको पन्ध्रौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका मन्त्री धर्मराज अधिकारीले उक्त कार्यक्रमको उद्घाटन गर्दै कास्कीकोट उपशाखालाई उत्कृष्ट बनाउन र भवन निर्माणका लागि पहल गर्ने बताए ।

उपशाखाका कोषाध्यक्ष विष्णुकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा पोखरा २४ का वडाध्यक्ष ओम सुवेदीले रेडक्रसका गतिविधिको प्रशंसा गरे । नेपाल रेडक्रस सोसाइटी पोखरा २४, कास्कीकोट उपशाखाका सभापति एवं कार्यक्रमका अध्यक्ष ठाकुरप्रसाद त्रिपाठीले यस आर्थिक वर्षमा सबैको सहयोग र साथ पाएमा उपशाखाको भवन निर्माण कार्य सम्पन्न गर्न सकिने बताए । उपशाखाका सचिव बाबुराम भुजेलले सञ्चालन गरेको उक्त कार्यक्रममा उपसभापति खिमनाथ तिमिल्सिना, नेकपा कास्कीकोटका अध्यक्ष मनहरि त्रिपाठी लगायतका वक्ताहरूले बोलेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width