पुस २७ पोखरा । मूगौला पीडित सरोकार समाज गण्डकी प्रदेशले आफू पनि बर्चौ र अरुलाई पनि बचाऔं भन्ने मूल नाराका साथ पोखरामा जनचेतना मूलक कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट विभिन्न जनचेतना मुलक नारा अंकित प्ले कार्ड सहित सुरु भएको र्याली रानीपौवा , महेन्द्रपुल , चिप्लेढुंगा, न्यूरोडहूदै पृथ्वीचोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीले मोटोपन, मधुमेह, तथा उच्च रक्तचापलाई नियन्त्रण गरौं, अंग फेल हुनबाट बचौं, अंग प्रत्यारोपणमा लैंगिक भेदभावको अन्त्य गरौं, आफ्नो स्वास्थ्यबारे सचेत रहौं, उपचार भन्दा रोकथाम बेस लगायतका नारा अंकित प्ले कार्ड बोकेका थिए । कोण सभामा बोल्दै गण्डकी प्रदेश सभा सदस्य मिना गुरुङले मृगौला पीडितहरुकोे समस्याहरुको बारेमा संसदमा कुरा उठाउने प्रतिबद्धता व्यक्त गरिन ।
सो अवसरमा गुरुङले मृगौला सम्बन्धी समस्याबाट पीडित भएका बिरामीहरुका लागि सरकारले जीविकोपार्जनको लागि दिदै आएको रकम कटौति गरेको बारेमा पनि आवज उठाउने बताइन । सभामा बोल्ने बत्ताहरुले रोग लाग्न भन्दा रोग लाग्नै नदिनका लागि नियमित स्वास्थ्य परीक्षण गरीरहन सहभागीलाई सुझाव दिएका थिए । जिल्ला अध्यक्ष संजय कुमार राना भाटको अध्यक्ष्तामा भएको कार्यक्रमा सचिव सुरन र्शमाले संचालन गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१