सरस्वती टीकामा चार कोठे विद्यालय भवन

आदर्श समाज सम्वाददाता
पौष २५, २०७६
saraswotitika mavi (2)

पोखरा, २५ पुस । पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरी स्थित सरस्वती टीका माध्यमिक विद्यालयमा ६९ लाख ६६ हजार ६४२ रुपैयाँको लागतमा चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको आर्थिक सहयोगमा नवनिर्मित भवनको प्रतिनिधिसभा सदस्य विद्या भट्टराई(अधिकारी)ले एक कार्यक्रमकाबीच उद्घाटन गरिन् ।कार्यक्रममा उनले शैक्षिक गुणस्तीयता अहिलेको आवश्यकता भएको बताउँदै समयसापेक्ष प्रतिष्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्न सक्ने किसिमबाट शिक्षा दिइनुपर्ने उल्लेख गरिन् ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले विद्यालयलाई नमूना शैक्षिक संस्था बनाउने गरी कृयाशिल बन्न आग्रह गरे ।शैक्षिक गुणस्तरीयता अभिबृद्धि एवम् भौतिक पूर्वाधार विकास लगायतमा वडाका तर्फबाट सँधै सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) कास्कीका प्रमुख लालप्रसाद पोखरेलले विद्यालयको भौतिक पूर्वाधार तयार भएको बताउँदै शिक्षाको गुणस्तरीयता बढाउने तर्फ लाग्न आग्रह गरे ।कार्यक्रमका सभापति एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषिराज आचार्यले भवन निर्माणका लागि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणबाट पु¥याएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

विद्यालयले शैक्षिक गुणस्तरीयता अभिबृद्धिका लागि योजनावद्ध रुपमा अघि बढेको बताउँदै उनले यसका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताए ।विद्यालयका प्रधानाध्यापक नन्दलाल काफ्लेको सञ्चालन एवम् शिक्षक अभिभभावक संघका अध्यक्ष गणेशप्रसाद ढकालद्वारा स्वागत गरिएको कार्यक्रममा ठूला यज्ञप्रसाद अधिकारी लगायतले भौतिक पूर्वाधार विकास सँगै समय सापेक्ष गुणस्तरीय शिक्षा दिने तर्फ कृयाशील बन्नुपर्ने आवश्यकता औंल्याए ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै