सिन्धुली, १७ पुस । सिन्धुलीमा १५ वर्षीय बालकलाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत सिन्धुलीले हत्या अभियोगमा पक्राउ परेका बालकलाई जन्मकैदको फैसला गरेको हो ।
अदालतले मरिण गाउँपालिका–१ आहालेकी १३ वर्षीया छलिमाया मोक्तानको हत्यामा संलग्न बालकलाई जन्मकैदको फैसला सुनाएको हो । उनलाई जन्मकैद हुने र नाबालक देखिएकाले जन्मकैदको आधा १४ वर्ष १० महिना सात दिन कैद हुने फैसला अदालतले गरेको हो ।
जिल्ला न्यायाधीश किरणप्रसाद सिवाकोटीको एकल इजलासले उक्त फैसला गरेको हो । छलिमायासँग यौनप्रस्ताव राख्दा अस्वीकार गरपछि बालकले असोज २ गते हत्या गरेका थिए । बालिकाको घर नजिकैको जङ्गलमा रहेको खोल्सामा बालिकाको हत्या भएको थियो ।
छलिमायाको शव असोज ३ गते घाँटी निमोठी, घाँटी थिची हत्या गरिएको अवस्थामा फेला परेको थियो । छलिमायाको हत्या अभियोगमा बालकलाई असोज ४ गते मरिणको कपिलाकोटबाट प्रहरीले पक्राउ गरेको थियो ।
बालकलाई गत असोज ५ गते सिन्धुली जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरेकोमा असोज १० गते अदालतले पुर्पक्षका लागि बाल सुधारगृह सानोठिमी भक्तपुरमा राख्न आदेश दिएको थियो । बालक १८ वर्ष पूरा नभएसम्म बाल सुधार गृह सानोठिमी भक्तपुरमै रहने र त्यसपछि कारागारमा कैद भुक्तान गर्ने सिवाकोटीले बताए ।
Related News
सम्बन्धित समाचार
एचआइभी संक्रमणले पढाइबाट वञ्चित
उषा र प्रकाश पोखरा साइकल दौड च्याम्पियन
पोखरा सिँगार्न दिनहुँ श्रमदानमा खटिन्छन् सीताराम
मुग्लिन–पोखरा सडक पूर्वी खण्डको म्याद थपियो
फेवाको मापदण्ड घटाउन सर्वोच्चमा रिट
hero news full width
मुख्य समाचार
सहकारीका विकृति राजनीतिकर्मीका लागि चुनौती : मुख्यमन्त्री अधिकारी
पर्वत र बागलुङका सिडिओ फेरिए
जेठ ४, २०८१जनप्रिय क्याम्पस प्रमुखमा रमेशबहादुर खड्का
जेठ ४, २०८१धानको लोपोन्मुख प्रजाति संरक्षण गरिँदै
जेठ ४, २०८१गण्डकीमा थुप्रिए रुग्ण र समस्याग्रस्त योजना
जेठ ४, २०८१सराङकोटमा सहिद स्मृति भवन निर्माण
जेठ ३, २०८१