इन्सेक वर्ष पुस्तक– २०२० को समीक्षा गरिएको छ। हिमाल पारीको जिल्ला मनाङको सदरमुकाम चामेमा उक्त कार्यक्रम गरिएको हो।
मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले प्रमुख आतिथ्यतामा मानवअधिकार वर्ष पुस्तक २०२० को समीक्षा गरिएको हो।
प्रमुख जिल्ला अधिकारी पौडेलले जिल्लामा मानवअधिकार संरक्षणमा उच्च सतर्कता अपनाइएको बताए।
उनले भने, ‘जिल्लामा मानवअधिकार संरक्षणमा उच्च सतर्कता अपनाइएको जानकारी दिँदै जिल्ला प्रशासन कार्यालयमा एउटै पनि अभद्र व्यवहारका कुनै पनि मुद्दा रहेको जानकारी दिँदै शान्ति सुरक्षा र मानवअधिकार अन्योन्याश्रीत विषय हो, यसमा हामी संवेदनशील छौं। ’
कार्यर्क्रम स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय सल्लाहकार नवराज पहाडीको अध्यक्षतामा भएको थियो। अध्यक्षको आसनबाट बोल्दै पहाडीले मावनअधिकार र पत्रकारिता एकअर्काका पूरक रहेको बताउँदै मावनअधिकारको सुनिश्चितताका लागि पत्रकार स्वतन्त्र हुनु बाञ्छनीय रहेको उल्लेख गरे।
यसैगरी, मनाङमा मानवअधिकार र सुरक्षाको दृष्टिकोणले उत्कृष्ट जिल्ला रहेको आफूले पाएको सशस्त्र प्रहरीका जिल्ला प्रमुख डीएसपी रमेश भुवाजीले बताए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले जिल्लामा सन् २०१९ को अवधिमा जिल्ला प्रहरी कार्यालयमा दर्ता भएका मुद्दाको वस्तुस्थितिका बारेमा जानकारी दिए।
उनले भने, ‘जिल्लामा मानवअधिकार ज्यादतीका घटनाहरू यो वर्ष ८ वटा मात्र मुद्दा परेका छन्। ’
शिक्षा तथा समन्वय इकाइका प्रमुख नारायण रेग्मीले जिल्लामा बालबालिकाले विद्यालयमार्फत् पाएको सेवा सुविधाका बारेमा जानकारी दिएका थिए। उनले भने, ‘यस जिल्लामा भर्ना भएका विद्यार्थीले बीचमा पढाई छाड्ने अर्थात संख्या शून्य छ। ’
कार्यक्रममा जनस्वास्थ्य इकाइ निमित्त प्रमुख वद्रीराज आचार्य, चामे गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण गौली लगायतको सहभागिता थियो।
इन्सेकका लमजुङ प्रतिनिधि दलबहादुर मजाकोटीले मनाङमा यो वर्ष बलात्कारका एक र घरेलु हिंसा एक गरी दुई वटा घटनाको प्रतिवेदन प्रस्तुत गर्दै कार्यक्रमको सञ्चालन गरेको थिए।
Related News
सम्बन्धित समाचार
शिवशक्ति मार्ग टोल विकास संस्थाद्वारा ४४ ज्येष्ठ नागरिकको सम्मान
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
गण्डकी प्रदेश प्रहरी दुर्गा सिंहले सम्हालिन जिम्मेवारी
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
hero news full width
मुख्य समाचार
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१