लमजुङ, १३ पुस । मनाङ जिल्लामा तापक्रम माइनस १९ डिग्री सेल्सीयसमा झरेको छ । खानेपानी बरफ बन्दा स्थानीय बासी, कर्मचारी तथा सुरक्षाकर्मीहरू र त्यहाँ गएका पाहुनालाई थप सास्ती भएको छ, जसका कारण जनजीवन अस्तव्यस्त छ ।
मनाङ जिल्ला सदरमुकाम चामेमा गत मंसिर २७ र २८ गते परेको हिउँ अझै पग्लिन सकेको छैन । चिसो बढेर शुक्रबार र शनिबार रातीको तापक्रम माइनस १९ डिग्री सेल्सीयसमा झर्न पुगेको मनाङका प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए । उनले भने, ‘यहाँ अब फागुनसम्म हिउँ यस्तै रहन्छ ।’ प्रजिअ पौडेलका अनुसार स्थानीयवासी गाउँमा एक जनाले कुर्ने र अरु तल काठमाडौं, पोखरा, चितवन जाने रहेछन् । त्यसरी बस्नुको कारण पनि कोही पाहुना(पर्यटकहरू) आए भने खाने बस्ने प्रवन्ध गर्नका लागि रहेछ । उनले थप भने, ‘त्यसरी गएका उनीहरू अब फागुन पछि मात्र फर्केर आउछन् ।’ अफिसियल जिम्मेवारीले जिल्लाबासी नवसे पनि हामीले त जिल्ला छाड्न मिल्दैन उनले भने ।
जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी निरीक्षक श्रवणकुमार विकले खानेपानीको पाइपमा पानी जमेर बरफ बनेकोले खानेपानीको समस्या सिर्जिएको बताए । उनले भने दिउँसो घाम लागेपछि पाइपमा जमेको बरफ झारेर खानेपानीको जोहो गर्ने गरिएको छ । चामे गाउँपालिका– ४ स्थित मोनालिसा होटलकी सञ्चालक लक्ष्मी गुरुङले चिसोको कारणले गर्दा यतिबेला त पाहुना राख्न नै नसकिने बताइन् । उनले भनिन् ‘साँझमा बाल्टीमा रखेको पानी बिहानी उठेर हेर्दा जमेर बरफ बनेको हुन्छ ।’
नवराज पहाडी
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१