५ करोड लगानीमा जयकालिका प्लाष्टिक उद्योग सञ्चालन

आदर्श समाज सम्वाददाता
पौष १२, २०७६
tank_Fotor

पोखरामा ५ करोड रुपैयाँ लगानीमा जयकालिका प्लाष्टिक उद्योग प्रालि संचालनमा आएको छ।

पोखरा महानगरपालिका वडा ३२, तल्लो गगनगौंडामा ६ रोपनी जग्गा भाडामा लिई सो उद्योग संचालनमा आएको हो।

उद्योगका प्रबन्ध निर्देशक रमेश खाँण ठकुरीका अनुसार यसप्रकारको उद्योग पोखरा क्षेत्रमै पहिलो हो। उद्योगले हाल पानी राख्ने ट्याङ्की (३ सयदेखि २ हजार लिटरसम्म), यूपीभीसीको झ्याल, ढोका तथा पाटेर्सन उत्पादन गर्ने गरेको छ। साथै भारतीय सुप्रिम सोलार वाटर हिटरको आधिकारिक बिक्री वितरण समेत गर्दै आएको छ।

जेके ट्याङ्क, झ्याल, ढोका तथा पाटेर्सन निर्माणमा मिसावटरहित एवं ओरिजिनल कच्चा पदार्थ प्रयोग गरिने हुँदा धेरै वर्षसम्म टिकाउ हुने संचालक रमेश खाँण ठकुरीले दाबी गरे। कम्पनीले जेके ट्याङ्कीमा ५० वर्षको वारेन्टी दिने गरेको छ।

त्यस्तै, ३५ वर्षको वारेन्टी रहेको झ्याल, ढोका तथा पाटेर्सनसमेत कीराले नलाग्ने, घामपानी, आगोले असर नगर्ने, रंग लगाउनु नपर्ने, असिना पानी आउँदा बाहिरी आवाज कम दिने, बाहिरी तातो र चिसो भित्र नछिर्ने, आल्मुनियमभन्दा बलियो, काठभन्दा सस्तो, एसी राख्न सहज रहेको बताइएको छ।

१५ वर्षलाई जग्गाभाडामा लिई संचालित सो कम्पनीले हाल २५ जनालाई रोजगारी समेत दिएको छ। सो उद्योग कम्पनी रजिष्टार कार्यालयमा २०७३ सालमै दर्ता भई औपचारिक उद्घाटन नहुँदै सामान उत्पादित हुँदैआएको थियो।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै