पोखरा । विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पीपीपएल) टी–२० क्रिकेट प्रतियोगिताको एलिमिनेटर राउण्डमा पुग्न सफल भएको छ ।
लिग चरणको अन्तिम खेलमा बुटवल ब्लाष्टरलाई ६ विकेटले हराउँदै विराटनगर प्ले–अफ खेल्ने भए को हो ।
निकै सम्भावना बोकेको पोखरा रंगशालामा बुधबार विराटनगरले फराकिलो अन्तरले हराएपछि रनरेट आधारमा काठमाडौं लिग चरणबाटै बाहिरिन बाध्य भयो । बुटवलले जितेमात्र काठमाडौं अंक तालिकामा तेस्रो रहँदै प्ले–अफ खेल्ने थियो ।
तर, विराटनगरको महत्वपूर्ण जितसँगै समान ४ अंक बनाएका काठमाडौं र धनगढी पछि परेका हुन् । साविक विजेता पोखरा मात्र १ खेल जितेर २ अंकका साथ लिगचरणबाटै बाहिरिइसकेको थियो ।
अब प्रदीपसिंह ऐरी कप्तानीको विराटनगर फाइनलमा चितवन राइनोजसँग भेट सुनिश्चित गर्न ३ खेल जित्दै ६ अंकका साथ दोस्रो स्थानमा रहेको बुटवलसँग एलिमिनेटर राउण्ड खेल्नेछ । पारस खड्का कप्तानीको चितवन लिगका पाँचै खेल जित्दै १० अंकका साथ उपाधि नजिक पुगिसकेको छ । १५ दिने लामो प्रतियोगिताको फाइनल खेल शनिबार हुँदैछ ।
टस जितेर फिल्डिङ रोजेपनि विराटनगरले बुटबलले दिएको १३४ रनको लक्ष्य ६ विकेट क्षतिमा ११.४ ओभरमै पूरा गर्न सफल भएको हो । जितमा नोमन खानले सर्वाधिक ३५ रन बनाए । यस्तै, पुनित मेहेराले ३२, मोहम्मद जैद आलमले २४, पुष्प थापाले १८ र लोकेश बमले १३ रनको योगदान दिए ।
प्रतियोगितामा ‘म्यान अफ दी म्याच’ समेत घोषित आलमले १० बल सामना गरेकोमा ४ चौका र १ छक्का हानेका थिए । ३५ रन जोडेका खानले २२ बलमा ५ चौका हानेका थिए भने ३२ रन बनाएका मेहराले १७ बलमा १ छक्का सहित ३ चौका हानेका थिए । कप्तान ऐरीले ५, सुनिल धमलाले २ र मिनास थापा अविजित रहँदै १ रन बनाएका थिए । बुटवलका लागि नितेश थापाले २ तथा अविनाश बोहरा, कमल खत्री र हर्ष टंकले समान १–१ विकेट लिए ।
उता, बुटवलले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनाएको थियो । हर्ष टंकले ६७ रन बनाउँदै अर्धशतकीय इनिङ्स खेले । ४४ बलको सामना गरेका उनले ६ चौका र ५ छक्काको मद्दतमा सर्वाधिक ६७ रन बनाए पनि विराटनगरसँगको हार टार्न पर्याप्त रहेन ।
ओपनर अफ्ताबुद्दिन अहमद शुन्य रनमा आउट हुँदा शिवम सिंहले ३७ र कप्तान सिद्धान्त लोहनीले ११ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन् ।
विराटनगरका लागि मोहम्मद जैद आलमले सर्वाधिक ४ झार्न सफल भए । किशोर महतोले २ तथा दीपेश श्रेष्ठ र शाहब आलमले समान १–१ विकेट लिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१