एजेन्सी । युभेन्टसमाथि जित रच्दै लाजियो इटालियन सुपर कपको च्याम्पियन बनेको हो ।
आइतबार राति भएको फाइनल खेलमा युभेन्टसलाई ३–१ ले पराजित गर्दै लाजियोले सुपर कपको उपाधि हात पारेको हो ।
लाजियोलाई उपाधि दिलउनको लागि लुइस अल्वेर्टो, सेनाद लुलिक र डानिलो काटाल्डीले समान १÷१ गोल गरे ।
युभेन्टसका लागि पाउलो डीबालाले एक गोल गरे । खेलको १६ औं मिनेटमा नै अल्र्वेटोले गोल गर्दै लाजियोलाई अग्रता दिलाएका थिए । पहिलो हाफको इन्ज्युरी समयमा डीबालाले बराबरी गोल फर्काएका थिए ।
दोस्रो हाफमा लाजियोले नतिजा आफ्नो पक्षमा पार्न सफल बन्यो । ७३ औं मिनेटमा सेनाले गोल गर्दै लाजियोलाई २–१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरी समयमा लाजियोका काटाल्डीलेले फ्री–किकमा शानदार गोल गरेपछि लाजियोले ३–१ को गोल अन्तरमा खेल जित्यो ।
इन्जूरी समयको तेस्रो मिनेटमा युभेन्टस १० खेलाडीमा समेटिएको थियो । रोड्रिगो बेन्टानकर दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएको थियो ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेश स्क्वास ¥याकेट संघमा रञ्जित
खेल्छ गण्डकी अभियानमा ३५ बालक सहभागी
तनहुँको फ्रेन्डसीप क्लबलाई फुटबल उपाधि
लेखनाथ हाफ म्याराथनमा आर्मीका सञ्जय च्याम्पियन
वडा ४ ले जित्यो अध्यक्ष कप फुटबल
hero news full width
मुख्य समाचार
जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१मनिपालमा अत्याधुनिक एमआरआई मेसिन
वैशाख १३, २०८११३ वटा मुद्दा चलेका एक युवा पोखराबाट अटोमेटिक पेस्तोलसहित पक्राउ
वैशाख १३, २०८१कतारी अमिर स्वेदश फिर्ता : पोखरा–कतार उडान माग
वैशाख १३, २०८१कास्कीमा एसइई उत्तरपुस्तिका परीक्षण रोकियो
वैशाख १२, २०८१