जनप्रियमा सञ्चालक समितिको पदस्थापना

आदर्श समाज सम्वाददाता
पौष ६, २०७६
janapriya_Fotor

जनप्रिय बहुमुखी क्याम्पसमा तारा गिरी नेतृत्वको सञ्चालक समितिका पदाधिकारीको शनिबार पदस्थापना भएको छ।

निर्वाचन समिति संयोजक मुकुन्द अर्यालले उनीहरुलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

शपथपछि अध्यक्ष गिरीले ‘जनप्रिय जनताको शैक्षिक नासो हो, यसका लागि आर्थिक पारर्शिता कायम गर्दै क्याम्पसको सुशासन, प्रक्रिया र पद्धतिमा आधारित भई काम गर्ने’ प्रतिवद्धता व्यक्त गरे। उनले क्याम्पसले तय गरेको मानित विश्वविद्यालयको सपना साकार पार्न सेमेष्ट प्रणाली कोर्ष लागू गर्ने र नेपाल कै पहिलो स्वयत्त कार्यक्रम स्नातक तहको ‘पर्वतीय पर्यटनत व्यवस्थापन’ (बीएमटिम) र अब सञ्चालन गर्ने ‘एमविए इन हस्िपटालिटी म्यानेजमेण्ट’लाई व्यवस्थित गरी श्रमबजारलाई आवश्यक पर्ने जनशक्ति उत्पादन गर्न लागी पर्ने धारणा राखे।

पूर्व उपाध्यक्ष हरि बरालले समितिलाई चुनाव जितेको दम्भ नलिई अहङ्कार बिसेर्र क्याम्पसको हितमा क्रियाशील रहन आह्वान गरे।

पूर्व कोषाध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले यसै समुदायमा क्याम्पसको आवश्यकता महसुस गरी सिर्जना विकास केन्द्रले जनप्रिय क्याम्पस स्थापनाको पहल गरेका कारण केन्द्रको योगदानलाई विर्सन नमिल्ने धारणा राखे।

कार्यक्रममा क्याम्पसका पूर्व अध्यक्ष परशुराम बरालले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको क्याम्पस र प्राध्यापकले आयोगको सुविधा लिन सकिरहेका छैनन् त्यसतर्फ सञ्चालक समिति चनाखो रहनुपर्ने सुझाव दिए।

पूर्व अध्यक्ष दामोदर चालिसेले क्याम्पसलाई केन्द्रमा राखेर कार्यसम्पादन गर्दा गुणस्तर र पहिचानसँगै उचाईमा पुग्ने विचार राखे। निवर्तमान अध्यक्ष इन्द्रबहादुर कुँबरले ‘बाहिर जे–जस्तो राजनीतिक आस्था राखे पनि शिक्षाको मन्दिरमा राजनीतिका जुत्ता खोलेर क्याम्पसको हितमा सामूहिक भावनासहित लाग्नु पर्ने विचार व्यक्त गरे। उनले संस्थापक क्याम्पस प्रमुख गणेशमान पालिखेको स्मृतिमा बीबीए विल्डिङलाई ‘गणेशमान स्मृति भवन’ नामकरण गर्न समितिलाई आग्रह गरे।

क्याम्पस प्रमुख विरञ्जी गौतमले बीबीएबाट ३ पटक गोल्डमेडल पाएका कारण नै जनप्रियको शाख र गरिमा बढेको हुँदा नेपालभरि यसले उत्कृट क्याम्पस बन्न र शिक्षा पुरस्कार पाउन सहयोग गरेको जनाए। प्रविधिमैत्री क्याम्पस र रोजगारमूलक शिक्षा प्रदान गर्न जनप्रियले कदम चालेमा मानित विश्वविद्यालय बनाउनका लागि वडा ८ का वडाध्यक्ष तथा पदेन सदस्य रुद्रनाथ बरालले आफ्नो ठाउँबाट पहल गर्ने प्रतिबद्धता जनाए।

आठौं अधिवेशनले गिरीको अध्यक्षमा धु्रवराज चालिसे, वीरबहादुर अधिकारी, राजेन्द्र पहारी, सोमनाथ बराल, अर्जुन श्रेष्ठ, विश्वकुमार विजुक्छे, नम्रता बराल, देवकृष्ण पराजुली, किरण बराल, जनकराज पराजुली, ऋषभलाल तिमिला सदस्य रहने गरी समिति चयन गरेको हो।

कार्यक्रममा निर्वाचन समिति सदस्य कृष्णप्रसाद तिमिल्सिनाले स्वागत र श्रीकान्त शर्मा खतिवडाले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width