काठमाडौं, ४ पुसअर्थमन्त्री डा.युवराज खतिवडाले मुलुकको आर्थिक विकासका लागि सहकारी क्षेत्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउनु पर्नेमा जोड दिएका छन् ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको १६ औं वार्षिक साधारणसभाको बिहीवार काठमाडौंमा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले सहकारी क्षेत्रलाई अझै प्रभावकारी बनाउनका लागि सहकारी क्षेत्रकै छुट्टै नियमनकारी निकायको आवश्यकता रहेको बताए । सहकारी क्षेत्रले नियमनको काम नेपाल राष्ट्र बैंकले गरिदिए राम्रो हुन्थ्यो भन्ने आशा गरेको छ, खतिवडाले भने–राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको अनुगमन, नियमन गर्छ, सहकारी क्षेत्रका लागि सहकारीकै छुट्टै नियमनकारी निकाय बनाउन जरुरी छ ।
सहकारीको संरचना ठूलो भइसक्यो, एउटा मन्त्रालयको एउटा विभागले कति सहकारीलाई हेर्न सक्छ ? अहिलेको सहकारीको संरचना कम हुन्छ, सहकारी क्षेत्रको प्रभावकारी नियमनकारी निकायका लागि ध्यान दिनु पर्नेमा उनको जोड थियो । सहकारीहरु सहकारीकै अवधारणा अनुसार चल्नु पर्छ भन्दै उनले सहकारीलाई कम्पनीकरण गर्ने कार्यतर्फ नलाग्न सुझाव दिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले सहकारी बैंकले देशभरका सहकारीहरुको प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेलेको बताए । उनले सहकारीहरुले सामाजिक न्याय र उत्पादन वृद्धिको विषयलाई गंभीरतापूर्वक लिनु पर्नेमा जोड दिए । सामाजिक न्यायको कुरा गर्दा उत्पादन वृद्धि विर्सने र उत्पादन वृद्धिको काम गर्दा सामाजिक न्याय बिर्सने काम गर्नु हुदैन, बडालको भनाइ थियो ।
प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाडले सहकारीले वित्तीय कारोबार मात्रै होइन लोकतन्त्रको अभ्यासमा समेत उत्कृष्ट काम गरेको बताए । अब हुने निर्वाचनहरुमा सहकारी क्षेत्र बुझेको, सहकारीमा काम गरेको मानिसलाई मात्र उम्मेदवार बनाउने गरी छलफल गरेको र त्यसो गर्न सकेमा लोकतन्त्रलाई थप व्यवस्थित र प्रभावकारी बनाउन सकिन्छ, खाँडको भनाइ थियो ।
बैंकको साधारणसभामा प्रतिनिधिसभाका सदस्य घनश्याम खतिवडा, प्रदेशसभा सदस्यहरु राजेन्द्र पाण्डे र पशुपति चौलागाई, राष्ट्रिय सहकारी विकास बोर्डका सह–अध्यक्ष दक्ष पौडेल, सहकारी विभागका रजिष्ट्रार डा.टोकराज पाण्डे, राष्ट्रिय सहकारी महासंघका वरिष्ठ उपाध्यक्ष मिनराज कंडेल, महासंघका उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोवल बोर्ड मेम्बर ओमदेवी मल्ल, महासंघका लेखा समितिका संयोजक धर्मदत्त देवकोटा, कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा प्रमुख अतिथि खतिवडाले सहकारी बैंकले कृषि विकास बैंकसंगको सहकार्यमा सञ्चालन गर्न लागेको एटिएम सेवाको शुभारम्भ गरेका थिए ।कार्यक्रम सहकारी बैंकका अध्यक्ष के.बी. उप्रेतीको अध्यक्षता, सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक रामबहादुर जिसीको सञ्चालन र प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईको स्वागतमा सम्पन्न भएको थियो ।
साधारणसभाले बैंकका अध्यक्ष केबी उप्रेतीले प्रस्तुत गरेको सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संंयोजक लक्ष्मीप्रसाद उप्रेतीले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन, प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गरागाईले प्रस्तुत गरेको बजेट तथा कार्यक्रम पारित गरेको छ । यस्तै साधारणसभाको बन्द सत्रले बैैंकको विनियम संशोधन गर्ने प्रस्ताव, विभिन्न १५ वटा कार्यविधिहरु परिमार्जन गर्नुका साथै सदस्य संस्थाहरुलाई १५ प्रतिशत शेयर लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
बन्दसत्रमा विनियम संशोधनको प्रस्ताव सञ्चालक रामहरि बजगाईले र कार्यक्रमको सञ्चालन सञ्चालक ज्ञानबहादुर तामाङले गरेका थिए । ७७ वटै जिल्लामा सञ्जाल भएको सहकारी बैंकमा हाल ११ हजार ३ सय ६ सहकारी संस्था सदस्य रहेका छन् । बैंकको शेयर पूँजि १ अर्ब ७८ करोड, निक्षेप ३२ अर्ब, कर्जा लगानी २१ अर्ब रहेको छ । बैंकले चालु आर्थिक वर्षको अन्त्यसम्म १ हजार ५ सय शेयर सदस्य, २ अर्ब शेयर पूँजी ३५ अर्ब १३ करोड निक्षेप, २८ अर्ब कर्जा लगानी गर्ने योजनाका साथ काम गरिरहेको बैंकका अध्यक्ष केबी उप्रेतीले जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
hero news full width
मुख्य समाचार
इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१