एक्सपर्ट एजुकेसनद्वारा खेलाडीलाई स्वागत

आदर्श समाज सम्वाददाता
मंसिर २७, २०७६
Expert

पोखरा । एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले एक्सपर्ट धनगडी ब्लुज टिमलाई स्वागत गरेको छ ।

पोखरा प्रिमियर लिग क्रिकेट प्रतियोगिता खेल्न आएको एक्सपर्ट धनगडी ब्लुज टिमलाई त्यसको प्रायोजक संस्था एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेसले विहीबार साँझ स्वागत गरेको हो । कार्यक्रममा एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिसेस पोखराका प्रोपाइटर रमेश थापासहितको टोलीले खादा र माला लगाएर खेलाडी तथा खेल पदाधिकारीलाई स्वागत गरेका थिए ।

एक्सपर्ट धनगडी ब्लुज टिमको म्यानेजरमा सुबास प्रधान, टिम क्याप्टेनमा दीपेन्द्रसिंह ऐरीसहित खेलाडीहरुमा सन्दीप सुनार, कमलसिंह ऐरी, फिर्दोस अन्सारी, विक्रम ठगुन्ना, सन्दीपबहादुर रजाली, मञ्जित श्रेष्ठ, अरुण ऐरी, सौरभ खनाल, अनिल खरेल, सागर ढकाल, सन्दीप जोरा, सुवेन्दु पाण्डे, विधान श्रेष्ठ, सुरेन्द्र भट्ट छन् । त्यस्तै विदेशी खेलाडीहरुमा क्यानडाका थोमस रोड्रिगो र विजेरत्ने श्रीमन्थन एड्रिन र भारतका अमित यादव रहेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै