सर्लाही, २५ मंसिर । सर्लाहीको ब्रह्म्पुरीबाट २ प्रहरी ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।व्यापारीसँग ५० हजार रुपैयाँ घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक (सई) राजेशकुमार सिंह र प्रहरी जवान मनोजकुमार यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
उनीहरुलाई आयोगको बर्दिबास महोत्तरीको टोलीले मंगलबार पक्राउ गरेको हो। भारतीय बजारबाट समान ओसारपसार गर्न सहज बनाइ दिने भन्दै उनीहरुले व्यापारीबाट ५० हजार रुपैयाँ घुस असुलेका अख्तियारले जनाएको छ।
उनीहरु दुबै प्रहरी चौकी ब्रह्म्पुरीमा कार्यरत थिए। भारतीय बजारबाट नेपालतर्फ सामान ल्याउने व्यापारीसँग उनीहरुले रकम असुल्दै आएको उजुरीको आधारमा अख्तियारको टोली खटिएको थियो।पक्राउपछि दुबैलाई थप अनुसन्धानको लागि अख्तियारको केन्द्रीय कार्यालय टंगाल लगेको छ ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१