पोखरा महानगरपालिकाले पोखरामा कार्यक्षेत्र भएका सहकारीको प्रोफाइल तयार गरी सार्वजनिक गरेको छ।
सहकारीको आधारभूत जानकारी समेटिएको प्रोफाइल पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार विमोचन गरे।
जिसीले सहकारीलाई व्यवस्थित गर्न महानगरले पहिलो प्रयत्न स्वरुप प्रोफाइल तयार गरेको बताए। उनले सहकारीमा देखिएका विकृति, विसंगति न्यूनीकरण गर्दै व्यवस्थित बनाउन एकै ठाउँबाट सहकारीको अनुमगन गर्ने पद्दति निर्माण गर्न महानगर लागि परेको बताए।
सहकारीको मात्र नभई अन्य क्षेत्रको पनि प्रोफाइल बनाउने योजना महानगरले बनाएको उनले बताए। ‘गैर सरकारी संस्थाले पोखरामै करोडौं खर्च गरेर काम गरेको सुनिन्छ, ’ प्रमुख जिसीले भने, ‘तर, कति गैर सरकारी संस्थाले पोखरामा काम गरेका छन्, बजेट कति हो, त्यो थाहा पाउन सकिएको छैन, त्यस बारेमा पनि महानगरले अध्ययन गर्ने योजना बनाएको छ। ’ पोखरा महानगरपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तथा सहकारी दर्ता अधिकारी गंगालाल सुवेदीले सहकारीको नाम, ठेगाना, सञ्चालक समितिको अध्यक्षको नाम, शेयरपुँजी लगायतको आधारभूत जानकारी प्रोफाइलमा समेटिएको जानकारी दिए।
पोखरा महानगर सहकारी समिति अध्यक्ष तेजनारायण अधिकारीले ३ सय ४३ वटा सहकारीको विवरण प्रोफाइलनमा समेटिएको बताए। उनका अनुसार गत असारसम्म दर्ता भएका सहकारीको विवरण प्रोफाइलनमा समेटिएको हो। अधिकारीले पोखरा कार्य क्षेत्र भएका सहकारीको संख्या ३ सय ५३ भएको जानकारी दिए। उनले प्रोफाइलनमा समेटिएको विवरण संक्षिप्त भएकाले आगामी दिनमा यसलाई परिमार्जित गरिने बताए।
जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष रविरमण तिवारीले सहकारीको प्रोफाइलले सहकारीलाई व्यवस्थित गर्न सहयोग पुग्ने बताए।
नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले समृद्धिको यात्रालाई पूरा गर्न सहकारीको भूमिका महत्वपूर्ण हुने बताए। उनले सहकारीले व्यापार, व्यवसाय र नाफामा भन्दा पनि उत्पादन र उद्यमलाई प्राथमिकता दिनुपर्ने बताए।
कार्यक्रममा सहकारी शाखाका अधिकृत अर्जुन नेउपानेले शाखाले गर्दै आएका कामको बारेमा बोलेका थिए।
Related News
सम्बन्धित समाचार
रेडक्रस कास्कीलाई लुम्बिनी विकासको सहयोग
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
गण्डकी मेडिकल कलेजमा वित्तीय साक्षरता
hero news full width
मुख्य समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को परीक्षा आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१