साग फुटबल : नेपाल फाइनलमा

स्वर्ण पदकका लागि भुटानसँग फाइनल खेल्ने

आदर्श समाज सम्वाददाता
मंसिर २३, २०७६
Nepali Football Team

पोखरा । नेपाली फुटबल टिम दक्षिण एसियाली खेलकुद सागमा लगातार दोस्रो पटक फाइनलमा पुगेको छ । साविक विजेता नेपालले बंगलादेशलाई १–० ले हराउँदै फाइनलमा स्थान बनायो ।

दशरथ रंगशालामा जारी खेलमा नेपालले ११ औं मिनेटमा खेलमा अग्रता बनायो । उसका लागि सुजल श्रेष्ठका पासमा सुनील बलले गोल गरे ।

अब नेपालले स्वर्ण पदकका लागि मंगलबार भुटानसँग खेल्नेछ । भुटान यसअघि नै फाइनलमा पुगिसकेको छ । लिग चरणमा नेपालले भुटानलाई ४–० शुन्यले हराएको थियो ।

Related News

सम्बन्धित समाचार

hero news full width