प्रतिनिधिसभा सदस्य उपनिर्वाचनबाट कास्की २ मा जीत हासिल गरेपछि खुसीयालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीले सोमबार पोखरामा विजय र्याली निकालेको छ। विजय र्याली तथा सभामा नेकपा समर्थितहरुले विजयी विद्या भट्टराई अधिकारीलाई बधाई दिँदै फूलमाला पहिर्याइदिए।
पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा आयोजित सभामा भट्टराईले आफूलाई मत दिई जिताउन सहयोग गरेकोमा सम्पूर्ण मतदातालाई धन्यवाद व्यक्त गरेकी छन्।
उनले आगामी एक वर्षभित्र पोखराका सुकुम्वासीलाई १ वर्षभित्र लालपुर्जा दिने आश्वासन दिँदै भूमिहीनको समस्या सम्बोधन गर्न संघ सहित प्रदेश, स्थानीय सरकार लागिपरेको बताइन्।
उनले नागरिकको स्वास्थ्यप्रति सचेतना, उज्यालो पोखरा, वस्तीको व्यवस्थापन र पोखरालाई अन्तराष्ट्रियस्तरमै पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने बताइन्।
उनले नेपालीको हालको ७१ वर्षको औषत आयु बढाएर राष्ट्रिय लक्ष्य अनुसार ८२ वर्ष पुर्याउने, पोखरालाई उज्यालो सहरको रुपमा विकास गर्ने, पोखरालाई नेपालकोमात्र नभइ अन्तराष्ट्रिय पर्यटकीय केन्द्रको रुपमा विकास गर्नुपर्ने विषयमा जोड दिइन्। साथै उनले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थललाई अन्तराष्ट्रिय नाकासँग जोड्न आफू प्रतिबद्ध भएर लाग्ने प्रण गरिन्। उनले स्व. रवीन्द्र अधिकारीको अधुरो सपना पूरा गर्न लागिपर्ने बताइन्।
पूर्व स्वास्थ्य मन्त्री समेत रहेका नेकपा केन्द्रीय सदस्य एवं गण्डकी प्रदेश सहइञ्चार्ज खगराज अधिकारीले कास्की २ मा नेपालको जित नेकपाको एकताको अनुमोदन हो भने। उनले नेपाल सरकार, प्रदेश सरकार र स्थानीय सरकारले जनताका लागि चालेका विभिन्न अभियानलाई जनताले अनुमोदन गरेको बताए। साथै उनले स्व. अधिकारीप्रतिको उच्च सम्मान हो, भने।
नेकपा कास्कीले पोखराको मानवअधिकार चोकदेखि विजय र्याली निकालेको हो। र्यालीमा नेकपाका नेता, कार्यकर्ता लगायत सर्वसाधारण पार्टीका झण्डासहित उपस्थित थिए।
गण्डकी प्रदेश मुख्यमन्त्री एवं नेकपा गण्डकी प्रदेश प्रमुख पृथ्वीसुव्वा गुरुङले गण्डकी प्रदेशमा प्रतिनिधिसभा, प्रदेशसभा र वडाध्यक्ष लगायतमा भएको उपनिर्वाचनमा नेकपाले हासिल गरेको जितप्रति खुसी व्यक्त गरे।
नेकपा उम्मेदवार विद्या भट्टराईले निकटतम् प्रतिद्वन्द्वी नेपाली काँग्रेसका उम्मेदवार खेमराज पौडेललाई ८ हजार ४ सय ३ मतान्तरले पराजित गर्दै कास्की २ मा नेकपाको विरासत जोगाएकी हुन्। यसअघि उनका पति स्व. रवीन्द्र अधिकारीले २०६४, ०७० र ०७४ को चुनाव जितेर लगातार ३ पटक जित हासिल गरेका थिए।
विद्याले २४ हजार ३ सय ९४ र काँग्रेसका खेमराजले १५ हजार ९ सय ९१ मत प्राप्त गरेका हुन्।
१० स्वतन्त्र सहित २१ उम्मेदवार प्रतिष्पर्धामा रहेकोमा ६ उम्मेदवार बाहेक अन्यले ३ अंकको योगफल पनि तयार पार्न सकेनन्। मतगणनामा ६ सय मत बदर भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।
मतदानमा कुल ७१ हजार ८ सय ७१ मतदातामध्ये ६३.४० प्रतिशत अर्थात् ४५ हजार ५ सय ६३ मत खसेको थियो। जसमा २० हजार ७ सय ८४ पुरुष र २४ हजार ७ सय ७९ महिलाले मतदान गरेका जानकारी मुख्य निर्वाचन अधिकृत काजीबहादुर राईले जानकारी दिए।
कास्की क्षेत्र २ अन्तर्गत पोखरा महानगरपालिकाका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्दछन्।
अघिल्लो चुनावमा रवीन्द्र अधिकारीले काँग्रेस उम्मेदवार देवराज चालिसेलाई ८ हजार ५ सय ४६ मतले पराजित गरेका थिए।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
hero news full width
मुख्य समाचार
बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१बुटवल पावर कम्पनीले ल्यायो विद्युत् महसुल बढाउने प्रस्ताव
वैशाख १६, २०८१क्षत्री समाज नेपालमा पोखराका रिव, महासचिवमा कृष्ण
वैशाख १६, २०८१यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
वैशाख १६, २०८१