सुरक्षा व्यवस्था कडा पार्न निर्देशन

आदर्श समाज सम्वाददाता
मंसिर १६, २०७६
Dig_Fotor

यही मंसिर १५ गतेबाट सुरु भएको १३औं दक्षिण एसियाली खेलकुदलाई सभ्य एवं भव्य रुपमा सम्पन्न गराउन सुरक्षा व्यवस्था कडा गर्न निर्देशन दिइएको छ।

१३औं दक्षिण एसियाल खेलकुद (साग) सुरक्षा उपसमितिका संयोजक तथा गण्डकी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद शर्मा घिमिरेले पोखरास्थित रंगशालाको स्थलगत अवलोकन गर्दै सुरक्षा प्रबन्धका लागि खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिएका हुन्।

खेलकुद अवधिभर कुनै पनि अप्रिय घटना हुन नपाउने गरी चुष्तदुरुष्त रुपमा सुरक्षा व्यवस्था मिलाउन उनले खटिएका प्रहरी अधिकृतहरुलाई निर्देशन दिएका हुन्।

साथै यो एक खेलकुद प्रतियोगिता मात्र नभएर राष्ट्रको प्रतिष्ठाको विषय समेत भएकाले राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडीहरुको सहभागितालाई शंवेदनशील रुपमा लिई उच्च सतर्कताका साथ कार्यसम्पादन गर्न गारउन खटिएका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिए।

सोही अवसरमा १३औं दक्षिण एसियाली खेलकुद सुरक्षा उप समितिका सहसंयोजक प्रहरी वरिष्ठ उपरीक्षक दिवेश लोहनीले खेल अवधिभर खेलकुद मैदान, खेलाडी, खेलाडीहरुको बास स्थान लगायत ट्राफिक व्यवस्थापनको सुरक्षा योजना बारे प्रहरी नायव महानिरीक्षक घिमिरेलाई जानकारी गराएका थिए।

प्रतियोगितालाई त्रुटिरहित ढङगले सम्पन्न गर्न हरसम्भव प्रयास गरिरहेको नेपाल प्रहरीले उक्त रंगशाला भित्र नेपाल प्रहरी कमाण्ड पोष्ट खडा गरी विभिन्न खेल र खेलाडीहरुको हरप्रहर सुरक्षा व्यवस्था मिलाएको छ। खेलकुद स्थलको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै खैल मैदान र वरपर नेपाल प्रहरीका तालिम प्राप्त कुकुरहुबाट स्नाईफिङ साथै अन्य सुरक्षामैत्री प्रविधिको प्रयोगबाट सुरक्षा व्यवस्थालाई थप कडा बनाईएको छ।

साथै भोलि हुने वृहत उद्‌घाटन कार्यक्रमको पूर्व सन्ध्यामा गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक रेग्मीले साग प्रतियोगिताको सुरक्षार्थ खटिने प्रहरी कर्मचारीलाई सामुहिक रुपमा खेलकुद, खेलाडी, दर्शक, पदाधिकारी लगायतको विविध सुरक्षाका विषयमा निर्देशन सम्बोधन गरेका छन्।

Related News

सम्बन्धित समाचार

hero news full width

trending post

ट्रेन्डिङ्ग