१०३ वर्षीया गौतमद्वारा मतदान

आदर्श समाज सम्वाददाता
मंसिर १४, २०७६
IMG_20191130_103918

पोखरा, १४ मंसिर

प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको लागि कास्की २ मा शनिबार मतदान जारी छ । जसमा १०३ वर्षीया एक वृद्धाले पनि मताधिकार सदुपयोग गरेकी छन् ।
पोखरा वडा ७ को श्रीकृष्ण मावि मतदानस्थलबाट १०३ वर्षीया इन्द्रकला पाध्या गौतमले मत खसालेकी हुन् । उनलाई मतदानस्थलसम्म आफ्ना छोराले डो¥याउँदै लगेका हुन् । गौतम पोखरा वडा ७, माछापुच्छे« टोलकी स्थायी बासिन्दा हुन् ।


अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक, गर्भवती, अशक्तलाई सहज रुपमा मतदान गर्ने व्यवस्था मिलाइएको छ । कास्की २ को चुनावमा २१ जना उम्मेदवार प्रतिष्पर्धामा छन् ।
बिहान ७ बजेदेखि सुरु मतदान साँझ ५ बजेसमम चल्ने निर्वाचन आयोगले जनाएको छ ।
कास्की २ मा कुल ७१ हजार ८ सय ७१ मतदाता छन् । पोखरा महानगरपालिकाका विभिन्न ११ वटा वडामध्ये वडा ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ यस क्षेत्रमा पर्दछन् ।
सबैभन्दा बढी पोखरा १७ स्थित पार्दी मावि (क) मतदान केन्द्र र पोखरा १६, विन्ध्यवासिनी मावि, बाटुलेचौर (क) मतदान केन्द्रमा समान १ हजार ३६ जना मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय कास्कीका प्रमुख निर्वाचन अधिकृत महेन्द्रराज सुवेदीले जनाए ।

विजय नेपाल

Related News

सम्बन्धित समाचार

hero news full width