सरकार स्थिरतालाई कसैले हल्लाउन सक्दैन– प्रचण्ड

आदर्श समाज सम्वाददाता
मंसिर ११, २०७६
p 011

पोखरा, ११ मंसिर । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी नेतृत्वको सरकार ५ वर्ष स्थिर रहने बताएका छन् ।

नेकपाद्वारा बुधवार पोखरामा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै प्रचण्डले भने सरकारको स्थिरतामा कुनै समस्या छैन, कसैले हल्लाएर हल्लाउन सक्ने छैन्, उनले भने । केही दिन वसेको स्थायी कमिटी बैठकबाट पार्टी एकता टुङ्गिसकेको छ, अब समायोजनाका एक÷दुई वटा विषयमात्र छन्, उनले भने–अब हामी राष्ट्रिय एकता, स्वाधिनता र भौगोलिक अखण्डतालाई सुदृढ गर्ने पक्षमा छौ ।

७० वर्षपछि देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ, राजनीतिमा नयाँ शुरुवात भएको छ, अब देश समृद्धि र विकास निर्माणमा अगाडि वढ्छ, अध्यक्ष प्रचण्डले भने– देशमा राजनीतिले स्थिरता पनि प्राप्त गर्ने छ ।

कालापानीबाट भारतीय सेना फिर्ता गर्नु पर्छ, त्यो नेपालको भूमि हो, प्रचण्डले भने–प्रमुख प्रतिपक्ष दलका नेता शेरवबहादुर देउवाले बालुवाटार पुगेर प्रधानमन्त्रीलाई दवाव र जमिन फिर्ता गर्नसँगै अघि वढ्ने भनेका तर पोखराका आएर एक चुनावी सभामा देउवाले प्रधानमनत्री केपी ओली र भारतीय प्रधानमन्त्रीको सल्लाहका भारतले नक्सा छापेको भन्नु गैर जिम्मेवार र झुटको खेती हो ।यसरी नै झुट बोल्दै गयो भने नेपाली कााग्रेस आउदा दिनमा इतिहास् बनने छ, काँग्रेस पार्टी पहिला थियो भन्ने अवस्था आउन सक्छ प्रचण्डले भने ।

नेकपाले नै देशमा राष्ट्रपति, सभाममुख र प्रधानन्यायधीश महिना बनाउने पार्टी हो, केही दिन अघि नियुक्त भएका प्रदेश प्रमुख एक जना दलित नै छन्, उनले भने– स्वर्गीय पूर्वमनत्री रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराई अधिकारी कास्की क्षेत्र नं २ बाट उपनिर्वाचनमा उम्मेदवार बनेकी छन् उनलाई जिताउन कस्केली लाग्नु पर्छ । पीडा र शोकलाई शक्तिमा बदलेर उनलाई चुनाव जिताउ ।

बुधवार राति १२ बजेदेखि मौन समय शुरु भएको छ, यो समयमा छ, रातिको समयमा लुकिछिपी हुने षणयन्त्र रोक्न जररी छ, अव तीन दिन कास्कीका नेताहरु रातदिन खटिनुहोस् प्रचण्डले भने । उक्त चुनावी सभालाई नेकपाका नेता वामदेव गौतम, सुवास नेम्वाङ लगायतका नेताले सम्वोधन गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width