विकास निर्माणमा पछि पर्दिन- विद्या

आदर्श समाज सम्वाददाता
मंसिर १०, २०७६
p 00

पोखरा, १० मंसिर । कास्की २ की नेकपाकी उम्मेदवार विद्या भट्टराई अधिकारीले महानगरको गाउँ भनेर चिनिने मौजामा घरदैलो शुरु गरेकी छन् ।

पोखरा महानगरपालिका भित्र रहेरपनि गाउँको रुपमा रहेको पोखरा-२० मौजामा विद्याले घरदैलो गरिरहेकी हुन् । घरदैलोका क्रममा सर्वसाधारणको कुरा सुन्दै उनले मौजालाई महानगरमा हुने सबै सेवा, सुविधा पुर्याउने प्रतिबद्धता जाहेर गरेकी छन् । विद्याले मौजामा र्यालेचौर-भलाम-मौजा आँटीघरसम्मको सडक सम्पन्न गर्नेदेखि लिएर शुद्ध खानेपानी, प्रत्येक घरमा बिजुली वत्ती पुर्याउने बाचा गरेकी छन् ।

विद्याले मौजालाई पर्यटकीय केन्द्र बनाउने रवीन्द्रको सपना भएकाले त्यसलाई पूरा गर्ने संकल्प गरेको बताइन् । साथै उनले मौजालाई बाख्राको पकेट क्षेत्र बनाएर स्थानीयलाई आत्मनिर्भर बनाउनका लागि आफूले पहलकदमी लिने बताइन् । उनले आफ्नो संकल्प पोखराको विकास एकमात्र अर्जुन दृष्टि भएको बताइन् । त्यसका लागि भिजन र मिसनसहित काम गर्ने उनले दृढता व्यक्त गरिन् ।

यसैबीच, नेकपाले भोलि बुधबार पोखरामा बृहद चुनावी सभा आयोजना गर्दैछ । नेकपा कास्की २ निर्वाचन परिचालन कमिटीको आयोजनामा हुने बृहद चुनावी सभालाई नेकपाका शीर्ष नेताहरुले सम्बोधन गर्ने बताइएको छ । चुनावी सभालाई प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी शर्मा ओली, नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने चुनाव प्रचारप्रसार समितिका संयोजक त्रिभूवन पौडेलले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width