पोखरा, ५ मंसिर । नेसनल प्याब्सन कास्कीको आगामी ३ वर्षको कार्यकालका लागि हेमन्त अधिकारीे अध्यक्षमा निर्वाचित भएका छन् । बुधबार सम्पन्न संस्थाको सातौँ अधिवेशनले अधिकारीसहित १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।
संस्थाको प्रथम उपाध्यक्ष शिवदत्त तिवारी, द्वितीय उपाध्यक्ष केशवशरण पौडेल, सचिव मनकाजी गुरुङ, सह–सचिव प्रेमराज अधिकारी, कोषाध्यक्ष रत्ना कुमारी गुरुङ, सह–कोषाध्यक्ष राजु के.सी. चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा शिवराज पौडेल, विष्णुप्रसाद पौडेल, अर्जुनप्रसाद अधिकारी, राजु कायस्थ, सञ्जय पौडेल र रमेशराज पौडेल निर्वाचित भएका छन् । अध्यक्षसहित सम्पूर्ण कार्यसमिति निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रमोहन भट्टराईले जानकारी दिए ।
धिवेशनको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै एन्.प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले देशको शैक्षिक गुणस्तर वृद्धिमा निजी शिक्षण संस्थाहरूको अमूल्य योगदान रहेको बताए । सरकारले निजी क्षेत्रको ढाड सेक्ने गरी संविधानकै गलत व्याख्या गरी विविध ऐन नियम ल्याउने काम सरकारले गरेको भन्दै असन्तुष्टि व्यक्त गरे ।
शिक्षा नीति ल्याएको बताउँदै उनले शिक्षाजस्तो संवेदनशील विषयमा राज्य गैह्रजिम्मेवार तरिकाले अगाडि बढेकोमा आपत्ति जनाए । उनले सङ्घीय सरकार र स्थानीय सरकारका बीचमा अधिकारको बाँडफाँडका विषयमा नै अन्यौल रहेको अवस्थामा शिक्षा क्षेत्र ठूलो सङ्कटका बीच गुज्रिरहेको बताए । सरकारले नयाँ पाठ्यक्रम निर्माणमा समेत संवेदनशील बन्न नसकेकोप्रति एन्.प्याब्सनका केन्द्रीय महासचिव सुवास न्यौपानेले आक्रोश व्यक्त गरे । शैक्षिक क्षेत्र लामो समय अन्यौलमा रहँदा समग्र देश नै अन्यौलमा रहने भएकाले सरकारले निजी क्षेत्रलाई हेर्ने विभेदकारी नजर बदलिनुपर्ने जनाए ।
कार्यक्रममा बोल्दै शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख नारायणप्रसाद सुवेदीले समग्र शैक्षिक उन्नयनमा निजी क्षेत्रको भूमिका विशिष्ट रहेको बताउँदै सरकारी निर्णय पालना गर्नु निजी क्षेत्रको दायित्व रहेकोतर्फ पनि सङ्केत गरे । कार्यक्रममा हिसान कास्कीका अध्यक्ष डा. रामजी शर्माले पाठ्यक्रम र पाठ्यपुस्तक नै समाजको आवश्यकता सम्बोधन गर्न नसक्ने प्रकारको निर्माण भएकाले शिक्षा क्षेत्रमा धेरै अन्यौल देखिएको औँल्याए ।
प्याब्सन कास्कीका अध्यक्ष प्रेमप्रसाद सुवेदीले निजी विद्यालयहरू एकताबद्ध भएर साङ्गठनिक रूपमै दबाबमूलक अभियान सुरु गर्नुपर्ने अवस्था आएको बताउँदै सङ्घर्षबिना सुधार नआउने ठोकुवा गरे । एन्.प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीले सरकारले छात्रवृत्ति वितरणमा समेत निजी विद्यालयमा अध्ययन गर्ने विद्यार्थीमाथि अन्यायपूर्ण व्यवहार गरेको बताए । विदेश नगई स्वदेशमै गुणस्तरीय शिक्षाका लागि जीवन समर्पण गरेका विद्यालय सञ्चालकहरूको व्यावसायिक भविष्यको आयु तोक्ने अधिकार सरकारलाई नभएको भन्दै विद्यालय बन्द गरेर देखाउन चुनौती दिए । अनपढहरू नीति निर्माणमा पुग्ने र शिक्षितहरूमाथि कुशासन गर्ने संस्कार देशमा विकास भएकाले समग्र राष्ट्रको भविष्य अन्धकार हुने दिशातर्फ अग्रसर भएकोमा उनले चिन्ता व्यक्त गरे ।
कार्यक्रममा वक्ताहरूले शिक्षा क्षेत्रमा अन्योल कायम हुनुमा राष्ट्रको विभेदकारी नीति जिम्मेवार रहेको बताएका थिए । कार्यक्रममा एन्. प्याब्सनका केन्द्रीय उपाध्यक्ष एवम् गण्डकी प्रदेश अध्यक्ष याम खड्का, पुस्तक व्यावसायी महासंघका उपाध्यक्ष ऋषिराम भण्डारी, पोखरा उद्योग वाणिज्य संघका उपाध्यक्ष विन्दु सुवेदी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकाल, योगेन्द्रबहादुर बस्नेत, बालगोपाल अमात्य, प्याब्सियुका तर्फबाट मिलन तिमिल्सेना लगायतले मन्तव्य व्यक्त गरेका थिए । एन्.प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीको सभापतित्वमा सम्पन्न कार्यक्रममा द्वितीय उपाध्यक्ष केशवशरण पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा संस्थाका सचिव मनकाजी गुरुङले साङ्गठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
Related News
सम्बन्धित समाचार
इन्द्रराज्यलक्ष्मी माविको ७१ औं वार्षिकोत्सव
लिटल फ्लावरमा विविध कार्यक्रम
पोखरा आदर्शमा महिला स्वास्थ्य सचेतना
हिलसाइडमा रेडक्रस सर्कल र स्कुल क्याप्टेन गठन
जापानको सहयोगमा बुंकोटमा विद्यालय भवन निर्माण
hero news full width
मुख्य समाचार
सूर्यदर्शन सहकारीको अनुसन्धान प्रतिवेदन बुझाइयो
पूर्वन्यायाधीशको निधनपछि गण्डकी सरकार विरुद्धको रिटसहित सर्वोच्चका सबै सुनुवाइ स्थगित
वैशाख २७, २०८१आगलागीले सुन्तलाको बगैंचा सखाप
वैशाख २७, २०८१पोखराका घरको नक्सापास अब अनलाइनबाटै, युएनडिपीको सहयोग
वैशाख २६, २०८१कसको हातमा पर्ला वर्ष खेलाडीको उपाधि ?
वैशाख २६, २०८१गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै
वैशाख २६, २०८१