समाजवादी पार्टीको घरदैलो तीव्र

आदर्श समाज सम्वाददाता
कार्तिक २६, २०७६
samajwadi_Fotor

समाजवादी पार्टीले पनि आफ्नो चुनावी अभियानलाई तीव्र पारेको छ। लामो समय युएनमा काम गरेका समाजवादी पार्टीका तर्फबाट उम्मेदवार इञ्जिनियर धर्मराज गुरुङलाई यति बेला मत माग्न भ्याईनभ्याई छ। समाजवादी पार्टीले सोमवार नयाँ गाउँ र तमु धिं कार्यालयमा प्रचारप्रसार कार्यक्रम गरेको थियो।

नयाँ गाँउमा भएको घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार गुरुङले भने, ‘चिल्ला कुरा गर्नेहरुले देश डुबाए, समाजवादी पार्टीले गफ नभइ काम गरेर देखाउँछ। ’

उनले यस पटकको चुनाव समाजवादीले नै जित्ने दाबी समेत गरे। जनता भ्रष्ट्राचार र ढिलासुस्तीबाट आजित भएकाले विकल्पको रुपमा समाजवादी पार्टीलाई मतदान गर्ने उनको भनाइ छ।

Related News

सम्बन्धित समाचार

hero news full width