गुल्मीको चन्द्रकोट गाउँपालिका–२ विश्वुखर्ककी ५४ वर्षीया मीनकुमारी सार्कीलाई आजकाल राम्रोसँग निद्रा लाग्दैन। न त उनलाई घरबाट निस्कन मन लाग्छ, न त घरमा आएको कोही नयाँ पाहुनासँग बोल्न नै। कारण हो, दुई हप्ताअघि घर नजिकै ३ जनाको विभत्स हत्या गरिएको अवस्थामा शव फेला पर्नु र अझैसम्म पनि हत्यारा पत्ता नलाग्नु।
चन्द्रकोट–२ स्थित हराचौरको जङ्गलमा कात्तिक १६ मा ती शव भेटिएका थिए। जसमध्ये १ महिला र २ बालबालिका छन्। अन्दाजी २७ वर्षीया महिला, ११ र ७ वर्षीया बालिकाको शव जङ्गलमा भेटिएको थियो। तर अहिलेसम्म न त शवको पहिचान हुनसकेको छ, न त हत्यारा नै। शव हाल पाल्पा जिल्ला अस्पतालमा राखिएको छ।
सो घटनापछि मीनकुमारीलाई मात्र होइन, तिर्खाबहादुर रम्तेललाई पनि अचेल एक्लै घरबाहिर निस्कन निकै डर लाग्छ। “घटनापछि सिङ्गो गाउँ नै त्रसित बनेको छ, बाटोमा एक्लै हिँड्न पनि डर लाग्ने भयो” उनले भने, “छिटोभन्दा छिटो हत्यारा पत्ता लगाउनु पर्यो। ” त्यसका साथै उनले महिला, केटाकेटी तथा वृद्धवृद्धालाई झन बढी त्रास रहेको बताए।
स्थानीय युवा किरण हमालले हालसम्म शव पहिचान हुन नसक्नु र हत्यारा पत्ता लगाउन नसक्नु दुःखद् भएको बताए। अधिकांश घटना गुमनाम बनाइने भन्दै उनले यसतर्फ प्रहरीलाई सचेत हुन आग्रह गरे। “गाउँ त्रासमा छ, न त शवको पहिचान भएको छ र न त हत्यारा नै पत्ता लाग्न सकेको छ”, उनले भने।
शव भेटिएको स्थान वरपर नजिकमा कतै पनि बस्ती छैन। झाडी र अफ्ठयारो भीरमात्र छ। तर, शव करीब २ सय मिटर तल भने खर्क र खेतबारी पर्दछन्। त्यसैले पनि यस घटनाबाट चन्द्रकोटका हराचौर, विशुखर्क, हरेवा, शान्तिपुर तथा बागलुङको गलकोटलगायत आधा दर्जनभन्दा बढी गाउँ त्रसित छन्।
यता, जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी मीन घलेले आफूहरु शव पहिचानमै केन्द्रित भएको प्रतिक्रिया बताए। दुई हप्तासम्म पनि शव पहिचान नभएकोले हत्यारा पत्ता लगाउन कठिनाई भएको बताए।
प्रहरीको प्रारम्भिक अनुसन्धानले शव हत्या गरेर फालिएको देखाएको छ। महिलाको मुहारदेखि टाउकोसम्म गम्भीर चोट लागेको थियो। शव पनि सडकभन्दा चार मिटर तल झाडिमा भेटिएको थियो। नजिकैमा कुनै बस्ती नभएको र छाडी भएकाले हत्या केही दिन पहिले नै भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।
प्रहरीले एक बालिकाको शव नजिकै एउटा घन पनि फेला पारेको थियो। १२ वर्षीया बालिकाको शव नजिकै रगत पनि देखिएको थियो। तीनवटा शव फेला पर्नु, शव नजिकै रगत देखिनु, घन फेला पर्नु, महिलाको अनुहारदेखि टाउकोसम्म चोट लाग्नुजस्ता कारणले हत्या नै भएको हुन सक्ने गुल्मी प्रहरीका सूचना अधिकारी घलेले जानकारी दिए।
प्रहरी र अस्पतालको समन्वयमा केही दिनपछि शव जलाउने तयारी भइरहेको प्रहरीले उल्लेख गरेको छ।
Related News
सम्बन्धित समाचार
मुख्यमन्त्रीले आज विश्वासको मत लिने, मन्त्रालय टुंग्याउन माओवादीको माग
पोखरा देशभरकै प्रदूषित सहर
विश्वासको मतअघि अधिकारी सरकारले वितरण गर्यो ५० लाख आर्थिक सहायता
‘शान्ति छर्न ब्रह्मकुमारी विश्वविद्यालयको योगदान’
पार्टी अफिस बनाउँदै कांग्रेस गण्डकी प्रदेश समिति, बास्तोला तोकिए संयोजक
hero news full width
मुख्य समाचार
पाण्डे सरकारले नियम मिचेर बहुवर्षे योजना थपेको मुख्यमन्त्रीको आरोप
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
वैशाख २१, २०८१गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१