श्रीलंकामा विच भलिबलको प्रशिक्षण

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Beach VolldyBall Team

पोखरा । नेपाली राष्ट्रिय विच भलिबल टोलीको वैदेशिक प्रशिक्षण श्रीलंकामा हुने भएको छ ।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारीका लागि विच भलिबल टोली श्रीलंका जान लागेको हो । विच भलिबलको पुरुष टोलीमा सञ्जु शाह, मानबहादुर श्रेष्ठ, राजु विक र दिलबहादुर सुनार छन् ।

त्यस्तै, महिला टोलीमा विनिता बुढाथोकी, नेबिका चौधरी, कोपिला उप्रेती र मनीषा चौधरी छन् । प्रशिक्षकमा सुदेश रिमाल र कौशिला खत्री तथा व्यवस्थपकमा जितेन्द्र श्रेष्ठ र श्रीराम बोगटी छन् ।

टोलीले श्रीलंकामा रहेर प्रशिक्षण र अभ्यास खेलहरु खेल्नेछन् । प्रशिक्षण र अभ्यास खेलपछि टोली नोभेम्बर १३ तारिखमा नेपाल फर्कनेछ । दुवै टोलीले ५÷५ अभ्यास खेल खेल्नेछन् । टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले एक कार्यक्रमबीच बिदाइ गरे ।

Related News

सम्बन्धित समाचार

  • महेन्द्रपुल युथ क्लब आयोजनामा बास्केटबल प्रतियोगिता हुने

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । महेन्द्रपुल युथ क्लबले यही २८ वैशाखदेखि प्रथम यु–२३ बास्केटबल प्रतियोगिता गर्ने भएको छ । पोखरा रंगशालामा हुने प्रतियोगिता…
  • को होला उत्कृष्ट प्रशिक्षक ?

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड–२०८० मा वर्ष उत्कृष्ट प्रशिक्षक को होला भन्ने कौतुहल व्यापक छ । नेपाल खेलकुद पत्रकार…
  • उत्कृष्ट खेल संघ वा क्लबतर्फको अवार्ड सहारालाई

    आदर्श समाज सम्वाददाता वैशाख २४, २०८१
    पोखरा  । आठौँ पोखरा स्पोर्टस् अवार्ड २०८० अन्तरगत वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको अवार्ड सहारा क्लब पोखराले प्राप्त…
  • भलिबलमा अटल हिमाल

    धनबहादुर गुरुङ वैशाख २३, २०८१
    पोखरा । गण्डकी प्रदेश भलिबल टिममा नम्बर एक जर्सी लगाएर खेल्ने खेलाडीको क्विक स्पाइकबाट धेरै मोहित हुने गर्छन् । चिनेकाले…
  • इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

    आदर्श समाज सम्वाददाता वैशाख २३, २०८१
    पोखरा । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० मा लाइफटाइम अचिभमेन्ट अवार्ड एथ्लेटिक्सकी इन्द्रा मल्ललाई अर्पण गरिने भएको छ । प्रतिभा…

hero news full width

Recent Posts

भर्खरै