भारतमा कबड्डीको वैदेशिक प्रशिक्षण

आदर्श समाज सम्वाददाता
कार्तिक १८, २०७६
Kabaddi Nepali Team, Ferewell to India

पोखरा । नेपाली राष्ट्रिय कबड्डी टोलीका खेलाडीहरुले भारतको महाराष्ट्र (कोलापुर)मा वैदेशिक प्रशिक्षण गर्ने भएका छन् ।

नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) गेमको तयारीका लागि नेपालको राष्ट्रिय कबड्डी टोली कोलापुर प्रस्थान गरिसकेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रमेशकुमार सिलवालले टोलीलाई एक कार्यक्रमबीच बिदाइ गरे ।

नेपाली राष्ट्रिय कबड्डीको पुरुष खेलाडीहरुमा जयबहादुर बोहरा, नागेश्वर थारु, विनोद तामाङ, प्रदीप मिजार, रन्जित गजमेर, लालमोहर यादव, प्रवीण खड्का, कुमार लामा, पदमबहादुर विष्ट, बन्धु राना, कल्याण भुजेल, अमित कुँवर, अजय मानन्धर, रामु टमाटा, रामप्रसाद महतो र कधैलाल थारु छन् ।

त्यसैगरि, महिला खेलाडीहरुमा कोशमाया बस्नेत, मेणुका राजवंशी, गंगा धामी, अनुजा कुलुङ राई, हरिना थापा, मानमति विष्ट, गंगा रकसकोटी, कमला थापा, सरिता भुजेल, सबिना मल्ल, रबिना चौधरी, जयन्ती बडु, सुनिता थापा, यशोदा गिरी, पुस्तिका चौधरी र सिर्जना थारु छन् ।

कबड्डीको पाँच प्रशिक्षकमध्ये मुख्य प्रशिक्षकमा तारासिंह भाट, लोकबहादुर विष्ट, मोतिराज पनेरु, विष्णुदत्त भट्ट र पार्वती राई छन् । कृष्णदेव पन्त र सुन्दर प्रजापति दुई व्यवस्थापक छन् ।

सागका लागि खेलाडीको अन्तिम छनोट हुन बाँकी छ । हाल प्रशिक्षणका लागि महिला पुरुष दुवैतर्फ १६/१६ पुरुष तथा महिला खेलाडी भारत गएका हुन् । अन्तिम छनोटमा दुवैतर्फ १२/१२ खेलाडीको छनोट गरिने मुख्य प्रशिक्षक भाटले जनाएका छन् । भारतमा रहँदा टोलीले ५ अभ्यास खेल समेत खेल्नेछन् । प्रशिक्षण नोभेम्बर २ देखि २९ तारिखसम्म चल्नेछ ।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै