काठमाडौँ, १७ कात्तिक । नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको नाम टुङ्गो लगाउन आइतबार पदाधिकारी बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो ३ बजे बस्ने पदाधिकारी बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि उम्मेदवारको नाम टुङ्गो लगाउने जनाएको छ ।
उपनिर्वाचनमा जिल्ला र प्रदेशसभा निर्वाचन क्षेत्रका लागि जिल्लाबाट सिफारिस भई आएका नामावलीउपर काङ्ग्रेस पदाधिकारी बैठकले यसअघि पनि विभिन्न चरणमा छलफल गरिसकेको छ । काङ्ग्रेसको शुक्रबार बसेको केन्द्रीय कार्यसमिति बैठकले उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार चयन गर्न विधानअनुसार पदाधिकारीलाई अधिकार प्रत्यायोजन गरेको थियो । स्थानीय तहका सदस्यमध्ये भने अधिकांश स्थानमा सर्वसम्मत रुपमा उम्मेदवारको नाम सिफारिस भई आएको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।
निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि यही कात्तिक २१ गते र स्थानीय तहका सदस्यका लागि भने कात्तिक २७ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने निर्वाचन कार्यक्रम प्रकाशित गरेको छ । मङ्सिर १४ गते ३७ जिल्लाका विभिन्न रिक्त पदमध्ये प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन तथा स्थानीय तहका प्रमुख एक, अध्यक्ष तीन, उपाध्यक्ष एक र वडाध्यक्ष ४३ गरी जम्मा ५२ पदका लागि उपनिर्वाचन हुँदैछ ।
Related News
सम्बन्धित समाचार
लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
मजदुरलाई छैन मजदुर दिवस रौनक
गण्डकीमा संविधान भर्सेज सर्वोच्च
पोखराको अमरसिंहको बिजुली पसलमा आगलागी, १ करोडको क्षति
hero news full width
मुख्य समाचार
गण्डकी प्रदेशमा सत्ता राजनीति : प्रदेश सभा सदस्य ६०, बहुमत ३० ले पुग्ने !
नारायणगढ–बुटवल सडक ३३ किमी कालोपत्रे
वैशाख १९, २०८१सहकारी ठगीमा राप्रपाका सांसदसहित १४ जना विरुद्ध पक्राउ पूर्जी
वैशाख १८, २०८१गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
वैशाख १८, २०८१अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१