चितवन महिला लिगको फाइनलमा

आदर्श समाज सम्वाददाता
कार्तिक ४, २०७६
Chitawan Rhinos, WCL_Fotor

चितवन राइनोज महिला फ्रेन्चाईज क्रिकेट महिला च्याम्पियन्स लिग (डब्लुसीएल) को फाइनलमा प्रवेश गरेको छ। आइतबार भएको खेलमा विराटनगर टाइटन्सलाई ५३ रनले पराजित गर्दै शीर्ष स्थानको चितवन राइनोज फाइनलमा पुगेको हो।

किर्तिपुरस्थित टियु क्रिकेट मैदानमा चितवनले दिएको १२३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको विराटनगर १७ ओभर ५ बलमा अलआउट हुँदै ६९ रनमा समेटियो। ज्योति पाण्डे र डोली भट्टले समान २१ रन जोडेपनि विराटनगरलाई जित दिलाउन सकेनन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।

विराटनगरलाई सस्तैमा समेट्न चितवनकी कविता खड्काले ३ र सुमन खतिवडाले २ विकेट लिए। यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ८ विकेट गुमाएर १२२ रन बनाएको थियो। चितवनका लागि काजल श्रेष्ठले ३६ तथा कन्चन श्रेष्ठले ३४ रन बनाउन सफल भए। कप्तान इन्दु बर्मा १७ रनमा अविजित रहँदा सुमन खतिवडाले १० रन जोडिन्। विराटनगरकी सबनम राईले २ विकेट लिएकी थिइन्।

जितसँगै अपराजित चितवनले ४ खेलमा ८ अंक जोडेको छ। चितवन प्रतियोगितामा अपराजित रहने एक्लो टिम बनेको छ। चितवनसँग पराजित विराटनगर पनि तेस्रो स्थानमा रहदै प्ले–अफमा पुगेको छ। विराटनगरले ४ खेलबाट ४ अंक जोडेर यस महिला च्याम्पियन्स लिगमा तेस्रो बनेको छ।

अब चितवनले फाइनलमा इलीमिनेटरको विजेतासँग खेल्नेछ। इलिमिनेटरमा दोस्रो भएको काठमाडौं र तेस्रो भएको विराटनगरबीच प्रतिस्पर्धा हुनेछ। विजेताले फाइनलमा चितवनसँग खेल्नेछ। एक/एक खेल खेल्न बाँकी पोखरा पल्टन र ललितपुर फाल्कोन्स भने प्रतियोगिताबाट बाहिरिएको छ। दुवैले अंक जोड्न सकेका छैनन्।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै