४५ यूनिट रगत संकलन

आदर्श समाज सम्वाददाता
कार्तिक २, २०७६
blood donation20760702

खैरेनीटार, २ कात्तिक । लायन्स क्लब ३२५ बी १ जोन ९२ अन्तरगतका लायन्स क्लब अफ तनहुँ खैरेनीटार,लायन्स क्लब अफ दुलेगौंडा खैरेनी सिटी, लायन्स क्लब अफ शुक्लागण्डकी र लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीको संयुक्त आयोजना र रक्त सञ्चार केन्द्र पोखराकोे प्राविधिक सहयोगमा शुक्लागण्डकी नगरपालिका– ७, खैरेनीटारमा भएको रक्तदानमा ४५ यूनिट रगत संकलन भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि ब्लड बैक डिपार्टमेन्ट चीफ शैलेन्द्र मोहन भट्टराईले मानव सेवाको क्षेत्रमा अगाडि बढेकोमा प्रशंसा व्यक्त गरेका थिए । उनले रगत दिने संस्थाको रुपमा लायन्स क्लबले स्थान लिईसकेको पनि जनाए । कार्यक्रममा शुक्लागण्डकी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष रामबहादुर क्षेत्री थापाले मानवलाई आबश्यक पर्ने रगत संकलन गरी मानव बचाउन सहयोग गर्ने कार्यलाई सम्मान गरेका थिए ।

क्लस्टर चीफ महेश पौडेल, जोन चियर पर्सन तीर्थराज खनाल लगायतले वोलेको कार्यक्रममा झण्डाको अभिबादन लियो क्लब अफ दुलेगौंडा खैरेनी सिटीका अध्यक्ष कोमलबहादुर वानियाँ र धन्यवादज्ञापन लायन नारायण कुमार श्रेष्ठले गरेका थिए ।लायन्स क्लब अफ शुकलागण्डकीका अध्यक्ष सुरेन्द्र पौडेलकोे अध्यक्षता रहेको कार्यक्रममा स्वागत लायन्स क्लब अफ तनहुँ खैरेनीटारका अध्यक्ष सुजित हिराचनले गरेका थिए भने सञ्चालन पूर्णकुमार श्रेष्ठले गरेका थिए ।

Related News

सम्बन्धित समाचार

hero news full width