पोखरा, २६ असोज । बागलुङ जिल्लाको निसीखोला गाउँपालिका–२, अर्नाकोट देउरालीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
कर्मफ्लाइटस् फाउन्डेशन नेपाल पोखरा कास्की र लायन्स क्लब अफ पोखरा स्काई टाउनको संयुक्त आयोजनामा अर्नाकोट आधारभुत विद्यालय र अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको व्यवस्थापनमा भएको हो । स्वास्थ्य शिविरको उद्घाटन निसीखोला गाउँपालिकाका अध्यक्ष तारानाथ पौडेलले गरेका थिए भने सोही अवसरमा कर्मफ्लाइटस् संस्थाको (प्रमुख) आर्थिक तथा प्रविधिक सहयोगमा हालै निर्माण गरिएको अर्नाकोट सामुदायिक स्वास्थ्य इकाईको गाउँपालिकाले अपनत्व लिँदै औपचारिक घोषणा एंव हस्तान्तरण गरिएको थियो ।
सो स्वास्थ्य शिविरको नेतृत्व प्रेमबहादुर कुँवर र कर्मफ्लाईटस्का स्वास्थ्य संयोजक कृष्णप्रसाद पाण्डेले गरेका थिए । प्रमुख कन्सल्टेशन डा. मोहन विक, अहेवहरु कृष्णप्रसाद पाण्डे, चेतबहादुर कुँवर र निशा सुनार फर्मास्ष्टि लेखनाथ रेग्मी, सुमित बरुवाल क्षेत्री, ध्रुव शर्मा तथा ल्याव असिष्टेन्ट आशा सुनार, ओरिन्टेशन झमबहादुर कुँवर, स्वास्थ्य इकाईका इन्चार्ज, अनमी विष्णुकुमारी कार्कीले सहजीकरण गरेका थिए।
२ दिनसम्म चलेको स्वास्थ्य शिविरमा चार सय ५५ जना बिरामीले औषधि निःशुल्क उपचार प्राप्त गरेका थिए । उक्त शिविरमा ३ लाख ४७ हजार २८ बराबरको औषधि निःशुल्क रुपमा वितरण गरिएको थियो । २ लाख ८२ हजार पाँच सय २८ बराबरको औषधि कर्मफलाइटस् संस्थाले, २५ हजार बराबरको औषधि लायन्स क्लबका सदस्य हिमलाल पाण्डे र १८ हजार एक सय ९० बराबरको औषधि डा. उपेन्द थापा मार्फत विभिन्न फर्मास्यूटिकल कम्पनीहरुले निःशुल्क गरेका थिए ।
Related News
सम्बन्धित समाचार
लायन्स सदस्यलाई मनिपालमा छुट
जिल्ला अध्यक्षमा हारेका अधिकारी मुख्य न्यायाधिवक्ता
३२ युनिट रगत संकलन
लायन्स पोखरा फर्निसिङको अध्यक्षमा गोविन्द शर्मा
लायन्स आदर्श चौतारीमा सूर्य पोख्रेल
hero news full width
मुख्य समाचार
यस्तो छ लगानी सम्मेलनको कार्यतालिका
नेपालमा लगानीकर्ताका लागि उपयुक्त वातावरण र सहि अवसर छ : महासंघ अध्यक्ष ढकाल
वैशाख १६, २०८१बुढ्यौलीमा भेडीगोठ मोह
वैशाख १६, २०८१पर्यटन प्रवद्र्धनमा गण्डकी र मधेश प्रदेशबीच सहकार्यको प्रतिबद्धता
वैशाख १६, २०८१जलवायु परिवर्तन असर : मुस्ताङको स्याउ उकालो चढ्दै
वैशाख १५, २०८१त्रासैत्रासमा तंग्रिदै कागबेनी
वैशाख १४, २०८१