फेवाको शुभकामना

आदर्श समाज सम्वाददाता
असाेज १३, २०७६
fewa_Fotor

फेवा बहुउद्देश्यीय बचत तथा ऋण सहकारी संस्था लि. पोखरा–८ ले विजयादशमी तथा शुभदीपाली अवसरमा बेगनासको सुन्दरीडाँडा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ।

प्रमुख अतिथि फेवा सहकारीका शेयर सदस्य जगनप्रसाद गुरुङले आफ्नो सहकारी नमुना सहकारी बनाउन सबै लाग्नु पर्ने बताए।

कार्यक्रममा लेखा समिति संयोजक सगुन कोइराला, शिक्षा समिति संयोजक एवं कोषाध्यक्ष दिलबहादुर भट्टराई, स्वास्थ्य समिति संयोजक सरस्वती देवकोटा, शेयर सदस्य मीना गुरुङ्गले सहकारीलाई अझस्तरिय सहकारी बनाउन लाग्नुपर्ने सुझाव दिए।

शिक्षा समिति सदस्य तालु गुरुङ्गले सहकारीका ७ सिद्धान्त वाचन गरेको कार्यक्रममा संस्थाका उपाध्यक्ष सम्मरबहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

Related News

सम्बन्धित समाचार

hero news full width

Recent Posts

भर्खरै