धार्मिक तथा पर्यटकिय नगर जनकपुर

Suraj Hazare Dahal
असाेज ९, २०७६
JANAKPUR 1

प्रदेश २ को जनकपुरमा अवस्थित जानकी मन्दिर नेपालको एक प्रमुख धार्मिक स्थल हो । यस धार्मिक क्षेत्रलाई जनकपुरधामको नामले समेत चिनिन्छ । धनुषा जिल्लाको सदरमुकाम र प्रदेश २ को पनि राजधानी हो जनकपुर । ऐतिहासिक मिथिला राज्यको पनि राजधानी रहेको जनकपुरलाई जलेश्वर, मिथिलेश्वर तथ कुपेश्वर जस्ता शहरले सुरक्षित गरेको जनविश्वास छ । यस्तै ५२ मन्दिर र ७२ कुण्डको शहरको रुपमा पनि परिचित छ समग्र जनकपुर । नेपाल तथा भारतका हिन्दू धर्मावलम्बी माझ प्रख्यात  जानकी मन्दिरको निमार्ण मुगल शैलीमा गरिएको थियो । वास्तुकला र धार्मिक सहिष्णुताको दृष्टिकोणले जानकी मन्दिर नेपालकै उत्कृष्ट मन्दिर हो । क्षेत्रफलको हिसाबले नेपालकै सबैभन्दा ठूला मन्दिर पनि यहि हो । ४९,५५५ वर्ग फिट क्षेत्रफलमा फैलिएको मन्दिरको उचाई ५० मिटर रहेको छ । प्राय मन्दिर प्यागोडा शैलीमा निर्माण गर्ने गरिए पनि जानकी भने मुगल तथा शिखर शैलीमा निर्माण गरिएको थियो । हिन्दू धर्मको पवित्र ग्रन्थ रामायणकी एक प्रमुख पात्र सीता अर्थात जानकीको नामबाट राखिएको जनकपुर मन्दिरको चर्चा भारतीय हिन्दू धर्मावलम्बीविच पनि रहेको छ । यस मन्दिरलाई भारतीय राजकुमारी वृषभानु कुमारीले ९ लाख चाँदीका सिक्का खर्चेर बनाउन लगाएकी हुनाले यसलाई नौलखा मन्दिर समेत भनिन्छ । इतिहासका अनुसार निसन्तान रहेकी वृषभानुले पुत्रलाभ गरेपछि भाकल स्वरुप मन्दिर निर्माण गरेकी थिइन् । मन्दिर निर्माण गर्न १७ वर्ष लागेको थियो । विसं १९५१ मा मन्दिरको निर्माण शुरु गरि १९६८ मा निर्माण सम्पन्न भएको थियो । मन्दिर निर्माण सम्पन्न भएको जम्मा १०७ वर्ष भए पनि यस भित्र रहेको राम र जानकीको प्रतिमा भने ७०० वर्ष पुरानो रहेको संस्कृतविदहरुले बताउँदै आएका छन् ।

राजा मणिक सेनले १८४१ सालमा १४०० बिघा जमिन जानकी मन्दिर निर्माणार्थ दान गरेका थिए । प्राय हिन्दू मन्दिरमा रातो रंग प्रयोग हुने भए पनि यस मन्दिरमा हरियो रङले समेत किनारमा पोतिएको छ । मुस्लिमहरुको पवित्र रङ समेत रहेको हरियो रङ प्रयोग हुनुमा मन्दिर इस्लाम धर्म मान्ने कालीगढहरुले बनाएका थिए । रामजानकी मन्दिर परिसरमा राममन्दिर, जानकी मन्दिर, विवाह मण्डप, धनुष सागर र गंगासागर पोखरीहरु छन् । जानकी मन्दिरमा सम्पूर्ण पुजा मिथिला परम्परा अनुसार गरिदैँ आएको छ । विशेष गरि रामको जन्म दिनको अवसरमा मनाइने रामनवमीमा नेपाली र भारतीय दर्शनार्थीको ठूलो घुँइचो लाग्छ ।

मंसिरमा महिनामा हुने रामजानकी विवाह महोत्सवमा भारतबाट डोलीमा पुजा सामाग्री लिएर भक्तजनहरु जन्तीका रुपमा जानकी मन्दिर आउँछन् । यस्तै बैशाखको जानकी नवमी, दशैँको कोजाग्रत पूर्णिमा, भदौ महिनामा मनाइने झुला महोत्सवमा पनि श्रद्धालुहरुको भिड लाग्ने गर्छ । मन्दिरमा हरेक दिन बिहान ७ बजे र बेलुकी ८ बजे आरती गरिन्छ । यस्तै मध्यान्ह १२ देखि ४ बजेसम्म गर्भगृहको ढोका खोलिदैँन । गर्भगृहको पछाडी सांस्कृति संग्रहालय छ । संग्रहालयले सिता जन्मिएदेखि उनको विवाह भएसम्मको समयको झल्को दिन्छ । गर्भगृहको भुँइतलामा ऐतिहासिक गहना र भेषभूषा रहेका छन् ।

अन्य पर्यटकिय स्थल

रामले धनुष तोडेको रंणभूमि मैदान, राम र जानकीको विवाह भएको मणि मण्डप, धनुषको टुक्रा खसेको धनुषाधाम, आसपासका तलाउ र जलेश्वर मन्दिरलगायत समेट्न समेटेर एक दिनको प्याकेजमा धार्मिक भ्रमण गर्न सकिन्छ । जनकपुर घुम्न जाँदा मिथिला कला हेरिएन भने जनकपुर भ्रमण नै अपुरो हुन्छ । जनकपुरको कुवा गाउँमा अवस्थित नारी विकास केन्द्रमा मैथिल कला झल्कने सरसमान किन्न पाइन्छ । परम्परागत मैथिल सिपलाई विसं २०४६ सालदेखि जनकपुर महिला परियोजनाले भित्ते मिथिला चित्रकलालाई कागज, कपडा र सेरामिक्सको भाँडामा उतार्दै आएको छ । मिथिल कला झल्कने टिसर्ट तथा परम्परागत झोल किन्न पाइन्छ । यस्तै हाल बन्द रहेको नेपालको एक मात्र रेलवे जनकपुर–जयनगर रेलको पुरानो डिब्बाहरु अवलोकन गरि तस्विर खिच्न सकिन्छ ।

धार्मिक नगरी भएर पनि प्रचार र सरसफाईको अभावले जानकी मन्दिर ओझेलमा परेको छ । भारतीय बाहेका अन्य विदेशी पर्यटकको घुम्ने सूचीमा जनकपुर परेको पाइँदैन । एक त जनकपुरमा पर्यटका लागि स्तरीय होटलको कमी छ भने खानेकुरा पनि उनीहरुले चाहे जस्तो पाउँदैनन् । अर्कोतर्फ सरसफाइको कमिले गर्दा कसैले पनि बसाई लम्बाउन चाहदैनन् । यस्तै मैथिल संस्कृतिको प्रचार नहुँदा धार्मिक पर्यटकलाई प्याकेजमा आकर्षित गरिएको पाँइदैन ।

खर्च र बसाई ः

जनपुर पोखराबाट ३८४ किमीको दूरीमा अवस्थित छ र करिब १२ घण्टाका बसे यात्रामा पुगिन्छ । ३ दिनको अवधिमा समग्र जनपुरधाम घुम्न सकिन्छ । जनकपुर क्षेत्रमा बस्नका लागि थोरै संख्यामा होटल भएकाले पहिले नै बुक गर्न उपयुक्त हुन्छ । यातायात, होटल तथा खानाको खर्च गरि करिब रु ८ हजारमा जनकपुर घुम्न सकिन्छ ।

Related News

सम्बन्धित समाचार

  • वेगनास तालको प्रवद्र्धन गर्दै स्थानीय

    आदर्श समाज सम्वाददाता जेठ ५, २०८१
    पोखरा ।  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले वेगनास तालको संरक्षणसँगै आवश्यक पूर्वाधार विकास गरी महत्वपूर्ण धार्मिक पर्यटकीय गन्तव्य रुपमा अघि बढाउनुपर्नेमा…
  • कानुन निर्माणका लागि सरोकारवालाबीच अन्तक्र्रिया

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    स्याङ्जा । गुणस्तरीय बस्तु तथा सेवाको आपूर्ति तथा बजार अनुगमनसम्बन्धी आवश्यक ऐन, कानुन निर्माणका लागि सुझाव संकलन गर्ने उद्देश्यले स्याङ्जा…
  • हाइकर्स क्लब टोली कालाबाङ घरेडीमा

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । हाइकर्स क्लब नेपालको आयोजनामा आयोजित हाइकिङ भाग ४६ को अवसरमा कालाबाङ घरेडी सामुदायिक होमस्टेको प्रवद्र्धन गरेको छ ।…
  • ‘पदयात्रा मार्गमा जाँचचौकी नहुँदा राजस्व गुम्यो’   

    आदर्श समाज सम्वाददाता वैशाख ३०, २०८१
    गण्डकी । पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स कार्ड) जाँच गर्न ‘चेकपोष्ट’ नहुँदा पदयात्री अवैध रूपमा प्रवेश गर्ने क्रम बढेको सूचनासँगै…
  • होमस्टे महासंघको प्रशिक्षक प्रशिक्षण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । राष्ट्रिय होम स्टे महासंघ आयोजनामा सातदिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । तालिम समापनको अवसरमा उद्योग, पर्यटन,…

hero news full width