पीडाको साथी रेडक्रसः सभापति पाण्डे

आदर्श समाज सम्वाददाता
भाद्र २०, २०७६
hemja redcross progrem photo

हेमजा, २० भदौं।नेपाल रेडक्रस सोसाइटी हेमजा उपशाखाको कार्यालय उद्घाटन गरिएको छ।बिहीवार एक कार्यक्रमका बीच कास्की शाखा सभापति डोलराज पाण्डेले सो कार्यालयको उद्घाटन गरेका हुन्।

भवन हेमजा निवासी कुलचन्द्र बास्तोलाले उपशाखालाई दिएका हन् ।जसको क्षेत्रफल ०–२–३–३ रोपनी रहेको छ।सत्यसाई केन्द्रका पदाधिकारीको पहलमा उपशाखालाई सो भवन उपलब्ध गराइएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै सभापति पाण्डेले रेडक्रस पीडाको साथी भएको चर्चा गर्दै यो निर्बिवाद संस्था भएको बताए ।युद्घ, पीडा, भोकमरी, महामारी जुनसुकै समयमा पनि विना भेदभाव रेडक्रसले सेवा गर्ने उनको भनाई थियो।

सभापति पाण्डेले उपलब्ध जग्गामा पक्की भवन बनाउनुपर्ने बताए ।रेडक्रसमा हेमजा उपशाखाले दिएको योगदान महत्वपूर्ण रहेको चर्चा गरेका पाण्डेले कास्की जिल्ला भर कुल ४८ उपशाखा र एक सय युवा रेडक्रस सर्कल रहेको पनि जानकारी दिए।

कास्की शाखाका मन्त्री धर्मराज अधिकारीले उपशाखाको भवन भएपछि काम अझै व्यवस्थित हुने विश्वास लिए ।जग्गा तथा भवनदान गरेको भन्दै बास्तोला परिवार प्रति उनले आभार प्रकट गरे । वडासदस्य दलबहादुर कुँवरले झोला र भाँडाको घरमा संचालन गर्नुपरेको उपशाखाले अवदेखि भने मुक्ति पाएको औँल्याए।

रेडक्रस कास्की सदस्य तथा उपशाखाका समन्वयकर्ता विष्णुप्रसाद भण्डारीले रेडक्रस दिवस पारेर भवन उद्घाटन गरेकोमा खुसी व्यक्त गर्दै हेमजा उपशाखालाई विशेष ढङगले हेर्न नेतृत्व पङतिलाई सुझाव दिए।सत्यसाई केन्द्रका पुर्व अध्यक्ष मधुसुदन त्रिपाठीले उपशाखा सरेको सरेई देखेर जग्गा प्राप्तिका लागि आफूले पहल थालेको स्मरण गरे ।उनले प्राप्त जग्गाको सदुपयोग गर्न आग्रह पनि गरे।

सो कार्यक्रममा महिला संजाल हेमजा अध्यक्ष रमा त्रिपाठी, गौरीशंकर माविका प्रधानाध्यापक अम्बरबहादुर कुँवर, आजीवन सदस्य दानबहादुर थापा लगायतले आफ्नो भनाई राखेका थिए ।उनीहरुले सरोकारवाला सबै मिली प्राप्त स्थानमा पक्की भवन निर्माण गर्नुपर्ने औँल्याएका थिए ।कार्यक्रममा भरतचन्द्र गौतम र पोषराज पौडेलले प्रस्तुति राखेका थिए।

उपशाखाका कार्यवहाक सभापति पुर्णलाल भण्डारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सहसचिव मीनबहादुर थापाले स्वागत ,कोषाध्यक्ष टेकमाया आचार्यले रेडक्रसका सिद्घान्त वाचन तथा उपशाखाका सचिव तिलक तिमिल्सीनाले कार्यक्रम संचालन गरेका थिए

Related News

सम्बन्धित समाचार

hero news full width