पोखरा । गण्डकी बोर्डिङ र आउन्ट अन्नपूर्ण आवासीय मावि दशौँ यु–१२ (कक्षा ५ सम्म) छात्रछात्रा ह्याण्डबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।
प्रतियोगितामा छात्रतर्फको च्याम्पियन गण्डकी बोर्डिङ र छात्रातर्फको च्याम्पियन माउन्ट अन्नपूर्ण आवासीय मावि बनेको हो ।
च्याम्पियनसँगै गण्डकी बोर्डिङ र माउन्ट अन्नपूर्ण माविले १० हजार र ट्रफीसहितको पुरस्कार हात पारेको छ । प्रतियोगितामा छात्रतर्पm पोखरा किन्डर गार्टेन र छात्रातर्फ एसओएस उपविजेता बनेका छन् । उपविजेता पोखरा किन्डर गार्टेन र एसओएसले ७ हजारसहित ट्रफी प्राप्त गरेको छ ।
प्रतियोगिताअन्तरगत छात्रतर्फ आयोजक लिटिल स्टेप मावि. र छात्रातर्फ सिर्जना मावि तेस्रो बनेको छ । तेस्रो हुने टिमल ५ हजार र ट्रफी हात पारेको छ ।
प्रतियोगितामा छात्रतर्फ गण्डकी बोर्डिङका निशान परियार तथा छात्रातर्फ माउन्ट अन्नपूर्ण स्कुलकी रिशिका गुरुङ हाइस्कोरर बने । त्यसैगरी, छात्रतर्फ पोखरा किन्डर गार्टेनका धिरज पौडेल र छात्रातर्पm एसओएसकी ललिता मल्ल सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनीहरुले १ हजार नगद सहित ट्रफी पुरस्कार पाए ।
प्रतियोगिताको फेयर प्ले ट्रफी भने छात्रतर्फ पोखरा लर्नर्स एकेडेमी र छात्रातर्फ आयोजक लिटिल स्टेपले प्राप्त ग¥यो । पोखरा लर्नर्स एकेडेमी र लिटिल स्टेपले ट्रफी र प्रमाणपत्र प्राप्त ग¥यो ।
कार्यक्रमका प्रमुख अतिथि गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरधारी शर्मा, विद्यालयका संस्थापक प्राचार्य पम्फा गुरुङ, संस्थापक निर्देशक शेरबहादुर गुरुङलगायतले विजयी विद्यालय तथा खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
Related News
सम्बन्धित समाचार
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
राष्ट्रिय माविको हीरक महोत्सवअन्तर्गत छात्र/छात्रा सडक दौड तयारी
दुआथलनमा टमटा र खड्का विजयी
स्पोर्टस् अवार्डलाई टाइगर ग्रुपको साथ
क्रिकेटमा त्रिभुवन र अमरसिंह विजयी
hero news full width
मुख्य समाचार
भ्रष्टाचार नियन्त्रणमा सार्थक प्रयास भएन : धनराज गुरुङ
गण्डकीको संसद बैठक २३ गते ३ बजे बस्ने, मुख्यमन्त्री अधिकारी विश्वासको मत लिँदै
वैशाख २१, २०८१मुख्यमन्त्री अधिकारीले २३ गते विश्वासको मत लिने, राप्रपा विपक्षमै
वैशाख २१, २०८१राप्रपाले साथ नदिने भएपछि अधिकारी सरकार संकटमा, अब के होला ?
वैशाख २०, २०८१लाटोकोसेरो संरक्षक राजु आचार्यलाई बेलायतमा अवार्ड
वैशाख २०, २०८१पाेखरामा कालो धुँवा फाल्ने गाडीका चालक कारवाहीमा
वैशाख २०, २०८१