रक्त क्यान्सर पीडित रेजिनालाई सहयोग

आदर्श समाज सम्वाददाता
श्रावण ३०, २०७६
cancer-hospital-bharatpur

लमजुङ, ३० साउन । लमजुङकी एक रक्त क्यान्सर पीडित युवतीलाई प्रवासबाट आर्थिक सहयोग १ लाख ७० हजार प्राप्त भएको छ । राइनास नगगरपालिकाकी रक्त क्यान्सर पीडित युवतीलाई अष्टे«लियाबाट आर्थिक सहयोग प्राप्त भएको हो ।

राइनास नगरपालिका– ५ तिनपिप्ले निवासी रामबहादुर सिर्मलकी २० वर्षीया छोरी रेजिना सिर्मललाई अष्टे«लियाबाट १ लाख ७० हजार रुपैया आर्थिक सहयोग प्राप्त भएको छ । त्यहाँ रहेका नेपालीहरुले उक्त सहयोग गरेका छन् । रोजगारीको सिलसिलामा अष्ट्रेलियामा रहेका नेपालीहरुले स्थापना गरेको साउथ वेस्ट नेपाली समाजले रकम संकलन गरी रक्त क्यान्सर पीडित रेजिनाको उपचारका लागि सहयोग पठाएको संस्थाका सचिव एकराज खनालले वताए ।

उनका अनुसार सो संस्थाले विविध सामाजिक तथा सेवामुल्क कार्य गर्ने उद्धेश्यले स्थापना भएको हो । समाजसेवाका क्रममा आर्थिक अवस्था कमजोर भएको सिर्मलको परिवारलाई उपचार खर्च वापत उक्त रकम प्रदान गरेको खनालले बताए । उनका अनुसार रेजिनाको उपचारमा सहयोग गर्ने उद्धेश्यले सनराइराइज युथ क्लब तिनपिप्लेले रेजिना वचाऊ अभियान समेत सञ्चालन गरेको जानकारी पाएपछि सो रकम संकलन गरिएको हो ।

काठमाडौंको वानेश्वरस्थित सिभिल सर्भिस हस्पिटलमा रेजिना उपचाररत छन् । उनको उपचारमा धेरै खर्च लाग्ने भएपछि सामान्य आयश्रोत भएका सिर्मल परिवारले छोरीको उपचारका लागि देश विदेशमा रहेका व्यक्ति र संघ सस्थाहरूलाई सहयोग गरिदिन आग्रह गरेका छन् ।

Related News

सम्बन्धित समाचार

hero news full width