युवास्टार अनमोल केसीले पिता भुवन केसीसँगै पहिलो पटक एकसाथ स्क्रिन साझेदारी गर्ने भएका छन्।
चलचित्रको ‘एन्टी हिरो’ मा अनमोल र भुवनले एकसाथ स्क्रिन साझेदार गर्दैछन्। दर्शकले बाबुछोरालाई एकसाथ स्क्रिनमा देख्न सक्नेछन्।
चलचित्रको शीर्ष भूमिका अर्थात हिरोको भूमिकामा अनमोल रहनेछन्। सूपरस्टार भुवनले भने नकारात्मक भिलेनको भूमिका निर्वाह गर्नेछन्। भिलेन लुक्सका लागि अभिनेता भुवनले केही महिनादेखि दार्ही कटाएका छैनन्।
तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको यस चलचित्र सोमवार विकास बोर्डमा दर्ता गरिएको छ। एक्सन र लभ स्टोरी फ्लेवरमा चलचित्र बन्नेछ। दी सूपर काजल फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्र भुवन केसीले निर्माण गर्दैछन्। एफडी कम्पनीले चलचित्रको वितरण गर्नेछ।
चलचित्रका लागि हालै निर्देशक र अभिनेत्रीको टुंगो लागेको छैन। सिनेजगत्का सफल निर्देशक प्रदीप भट्टराईले ‘एन्टी हिरो’ को निर्देशन गर्ने चर्चा छ। केही दिनमै अभिनेत्रीको पनि छनोट गरिने बताइएको छ। हाल स्क्रिप्टको काम भइरहेको छ। चलचित्र अर्को नयाँ वर्षसम्ममा प्रर्दशनमा ल्याउने तयारी गरिँदैछ।
Related News
सम्बन्धित समाचार
हेमजा साहित्य प्रतिष्ठानमा चूडामणि खनालको स्मरण
अक्षरयात्राको २१० औं शृंखला खास्टेतालमा
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
सबीको अपरिभाषित आभा लोकार्पित
छन्द बचाऊँ वाचनकला पुरस्कारबाट त्रिपाठी सम्मानित
hero news full width
मुख्य समाचार
गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
आठौं पोखरा स्पोर्टस् अवार्ड : वर्ष खेलाडी ह्याट्रिक दाउमा अरुणा
वैशाख १७, २०८१गण्डकीका ४ सय ६७ स्थानमा डढेलो
वैशाख १७, २०८१बझाङ प्रदेशसभा–१ मा एमालेका भण्डारी विजयी
वैशाख १७, २०८१अधिकारी सरकारको वैधताको टुंगो आज !
वैशाख १७, २०८१पोखराको मालेपाटनमा डिभाइडरमा ठोक्किएर कार दुर्घटना
वैशाख १७, २०८१