पोखरा महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले पोखरा महानगर क्षेत्रका विद्यालयलाई सूचना जारी गर्दै भोलि मंगलबार गुरुङ समुदायको ट्होटें पर्व मनाउनका निम्ति बिदा दिन अनुरोध गरेको छ । अनुरोध अनुसार पोखराका विद्यालयहरुले विद्यार्थीलाई भोलि बिदा हुने सूचना दिएका छन् । केहि विद्यालयहरुले भने आफ्नो वार्षिक क्यालेण्डरमै ट्होटें पर्वको लागि स्थानीय बिदा दिइसकेका थिए । महानगरपालिकाको शिक्षा नियमावली २०७४ को नियम ६६ को उपनियम ३ मा विद्यालय स्वयंले एक शैक्षिक सत्रमा ५ दिनसम्म स्थानीय बिदा दिन सक्ने व्यवस्था छ । सोहि व्यवस्था बमोजिम उक्त पर्व मनाउन बिदा दिन अनुरोध गरिएको हो । तमुधि नेपाल केन्द्रिय कार्यालय, पोखराले लोप हुन लागेको पर्वलाई संरक्षण गर्नका लागि स्थानीय बिदा दिन महानगरलाई अनुरोध गरेको थियो । यस्तै जनैपूर्णिमाको दिन साउन ३० गते बिहिबार र गाईजात्रा मनाउन साउन ३१ गते शुक्रबार पोखराका निजी विद्यालयहरुले शिक्षा नियमावली अनुसार ५ दिने स्थानीय बिदामा कट्टी हुने गरि बिदा दिने भएका छन् । स्मरण रहोस् सरकारले जनैपूर्णिमा दिइँदै आएको सार्वजनिक बिदालाई यो वर्षदेखि हटाएको छ ।
Related News
सम्बन्धित समाचार
डुंगा पल्टिएपछि तत्कालै उद्धार
मधेशका सभामुखको टोली महेन्द्रगुफामा
प्रकटको स्मरणमा फिल्म ‘प्रतिबद्धता’ प्रदर्शन
कैदीबन्दी न्यायिक सरोकारमा नलबहादुर मनोनित
आगोलागी नियन्त्रणसम्बन्धी सचेतना
hero news full width
मुख्य समाचार
गण्डकीमा अधिकारी सरकारलाई राप्रपाको साथ
अधिकारी सरकारविरुद्धको रिट खारेज, वैशाख २४ भित्र विश्वासको मत लिनुपर्ने
वैशाख १८, २०८१इलाम २ मा सुवासपुत्र सुहाङ नेम्बाङ विजयी
वैशाख १८, २०८१मुख्यमन्त्री अधिकारीविरुद्धको रिट खारेज
वैशाख १७, २०८१कक्षा १२ को प्रश्नपत्र आउट गर्ने २ जना पक्राउ
वैशाख १७, २०८१गण्डकीका मुख्यमन्त्री विरुद्धको मुद्दामा बहस सकियो, आजै फैसला आउने
वैशाख १७, २०८१