काठमाडौं, २३ साउन । चितवनमा अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण गरिरहेका हास्यकलाकार द्वय सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) ले लामो समयदेखि निर्माण गर्ने भनेको फिल्मको औपचारिक घोषणा गरिएको छ । बुधबार राजधानीमा एक कार्यक्रमका बीच ‘सेन्टी भाइरस’ नाम जुराइएको फिल्मको घोषणा गरियो । भाद्र ३ गतेबाट छायांकन हुने फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन्।
सुरुवातमा फिल्मको नाम एन्टी भाइरस जुराइएको थियो । त्यसपछि ज्योतिषले एसबाट नाम राख्न सुझाव दिएपछि ‘धुर्मुस(सुन्तली’ ले फिल्मको नामुसेन्टी भाइरस बनाए । तर, केही दिन अगाडि फेरि फिल्मको नाम परिवर्तन गरेर छल कपटु राखिएको थियो । अन्ततः फिल्मको नामाकरण ज्योतिषले जुराएकै नामबाट गरिएको छ । ‘सेन्टी भाइरस’ को कथा कुमार कट्टेल र दीपक आचार्यले लेखेका हुन् ।
फिल्ममा ‘धुर्मुस(सुन्तली’ स्वयंको प्रमुख भूमिका रहनेछ । सामाजिक व्यंग्यमा निर्माण हुने फिल्ममा दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय रहने कार्यक्रममा जानकारी गराइयो । रुपाकोट र पोखरामा छायांकन हुने फिल्मलाई निर्देशक गुरुङका विश्वासिला छायाँकार शैलेन्द्र डि। कार्कीले खिच्नेछन् ।
कलाकार धुर्मुसले सामाजिक कार्यमा व्यस्त रहँदा कलाकारितामा समय दिन नपाएको बताउँदै अब फिल्म अभिनयबाट पुनः कलाकारितामा फर्किएको बताए । ‘सेन्टी भाइरस’ को निर्माण लागत अनुमानित २ करोड रहेको उनको भनाई छ । उनले फिल्मको मुनाफाको १५ प्रतिशत रंगशाला निर्माण र ५ प्रतिशत चलचित्र कलाकार संघको भवन निर्माणका लागि हस्तान्तरण गरिने पनि जानकारी दिए ।
Related News
सम्बन्धित समाचार
सक्षम सहकारीको पदस्थापन
हरिप्रसाद स्कुलमा लायन्सको खानेपानी आयोजना
सफल पोखरा म्याराथन सफल पार्न आग्रह
संसद विघटनविरुद्ध कांग्रेस झनै सशक्त
वालिङ र नेपाल पुलिस क्लब बराबरीमा
hero news full width
मुख्य समाचार
नेकपाका अध्यक्षद्वयलाई निर्वाचन आयोगले भन्याे : एकता महाधिवेशनअघि कसैले कसैलाई हटाउन सक्दैन
काेराेनाविरुद्धकाे खाेपका लागि देशभर ६२ अस्पतालमा १ सय २० खोप केन्द्र
माघ १३, २०७७सिनेमा संवाद @ घान्द्रुक
माघ १३, २०७७सातै प्रदेशमा पुग्यो कोरोनाको खोप, पहिलो डोज भोलि
माघ १३, २०७७नरोऊ मायालु…
माघ १३, २०७७भुवनेश्वर तिवारी, राजेन्द्रबाबु रेग्मीसहित १६ डिएसपी एसपी बढुवा सिफारिस – सूचीसहित
माघ १२, २०७७