डेढ अर्ब बजेट फ्रिज

आदर्श समाज सम्वाददाता
श्रावण १५, २०७६
download-800×429

लमजुङ , १५ साउन । लमजुङमा आर्थिक बर्ष २०७५/७६ मा डेढ अर्ब रुपैयाँ अर्थात कुल बजेटको १९ दशमलव ४७ प्रतिशत फ्रिज भएको छ । सो अनुसार कुल एक अर्ब ५० करोड ९० लाख ६५ हजार रुपैयाँ बजेट फ्रिज भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका)ले बताएको हो ।

स्थानीय तहबाहेक संघ, प्रदेशका ४० कार्यालयबाट कार्यान्वयन हुन गरी ७ अर्ब ७५ करोड ७९ हजार बजेट जिल्लामा आएको थियो । यसमा ६ अर्ब २४ करोड १० लाख १४ हजार अर्थात ८० दशमलव ५३ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रकको कार्यालय (कोलेनिका) लमजुङका प्रमुख कोष नियन्त्रक किशोरकुमार श्रेष्ठले बताए । उनका अनुसार आर्थिक बर्ष २०७५/७६ मा जिल्लामा १९ दशमलव ४७ प्रतिशत बजेट फिर्ता अर्थात फ्रिज भएको हो ।

संघतर्फ कूल बजेट ६ अर्ब ३ करोड ३८ लाख ४७ हजार रुपैयाँ विनियोजन भएकोमा ४ अर्ब ४३ करोड ९ लाख ९२ हजार रुपैयाँ खर्च भएको कोलेनिकाका प्रमुख श्रेष्ठले जानकरी दिए । उनका अनुसार प्रतिशतका हिसावले त्यो ९० दशमलव ०१ हो । यसमा ६० करोड २८ लाख ५५ हजार रुपैयाँ अर्थात् ९ दशमलव ९९ प्रतिशत खर्च हुन नसकी फ्रिज हुन गएको छ ।

संघबाट चालु खर्च ४ अर्ब ७० करोड ७५ लाख ६३ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ४ अरब ४३ करोड १ लाख २७ हजार रुपैयाँ खर्च भएको छ । प्रतिशतमा हेर्दा यो ९४ दशमलव ११ प्रतिशत हो । खर्च हुन नसकी २७ करोड ७४ लाख ३६ हजार रुपैयाँ फ्रिज भएको छ । यो ५ दशमलव ८९ प्रतिशत हो । यस्तै प्रदेशबाट १ अर्ब ७१ करोड ६२ लाख ३२ हजार रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमा ८१ करोड २२ हजार खर्च भएको छ । त्यो ४६ दशमलव २० प्रतिशत हो । ९० करोड ६२ लाख १० हजार रुपैयाँ खर्च हुन सकेन । यसलाई प्रतिशतमा हेर्दा ५२ दशमलव ८० प्रतिशत हुन आउँछ ।

प्रदेश अन्तर्गत चालु खर्चका लागि ३६ करोड ४० लाख २४ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा २५ करोड ९१ लाख ९ हजार रुपैयाँ खर्च भएको छ । यो ७१ दशमलव १८ प्रतिशत हो । १० करोड ४९ लाख १५ हजार रुपैयाँ फ्रिज भएको छ । यो २८ दशमलव ८२ प्रतिशत हो ।

पुँजीगततर्फ १ अर्ब ३५ करोड २२ लाख ८ हजार रुपैयाँ बजेट विनियोजन भएकोमा ५५ करोड ९ लाख १३ हजार रुपैयाँ खर्च भएको छ । यो ४० दशमलव ७४ प्रतिशत हो । ८० करोड १२ लाख ९५ हजार रुपैयाँ फ्रिज भएको छ । यो ५९ दशमलव २६ प्रतिशत हो कोलेनिकाले बतायो ।

कोष तथा लेखा नियन्त्रण कार्यालयका अनुसार आर्थिक बर्ष २०७४/७५ मा ५९ करोड ६४ लाख ६६ हजार ६ सय ४४ रुपैयाँ ९७ पैसा बजे फ्रिज भएको थियो । कुल ५ अर्ब ६९ करोड ३९ लाख ३० हजार ४ सय ५७ रुपियाँ ४१ पैसा बजेट रहेकोमा ८ प्रतिशत बजेट फ्रिज भएको थियो । यसैगरी, आर्थिक बर्ष २०७३/०७४ मा १६ प्रतिशत रकम फ्रिज भएको कोलेनिकाको भनाई छ ।

आर्थिक बर्ष २०७५/७६ मा पुँजीगततर्फ संघबाट १ अर्ब ३२ करोड ६२ लाख ८४ हजार रुपैयाँ विनियोजन भएकोमा १ अरब ८ लाख ६५ हजार रुपैयाँ बजेट खर्च भएको छ । यो ७५ दशमलव ४६ प्रतिशत हो । खर्च हुन नसकी ३ अर्ब २५ करोड ४ लाख १९ हजार फ्रिज भएको छ । यो २४ दशमलव ५४ प्रतिशत हो ।

संघीय सरकार र प्रदेश सरकारले आर्थिक बर्षको अन्त्यतिर बजेट पठाएको र आर्थिक बर्षभित्र काम गर्न नसक्दा बजेट फ्रिज देखिएको प्रमुख कोष नियन्त्रक श्रेष्ठले जानकारी दिए ।

Related News

सम्बन्धित समाचार

hero news full width