‘मायालाई ढाकाको पछ्यौरी’ विमोचन

आदर्श समाज सम्वाददाता
श्रावण १२, २०७६
Mayalai Dhakako Pachheuri_Fotor

गीतकार उमेश सिकेले रचना गरेको ‘मायालाई ढाकाको पछ्यौरी’ गीतको म्यूजिक भिडियो विमोचन गरिएको छ। हामोर्नी : द मोडर्न सङस्ट्रेसेस अफ पोखराद्वारा शनिवार पोखरामा आयोजित कार्यक्रममा कवि तथा प्राज्ञ तीर्थ श्रेष्ठले म्यूजिक भिडियोको विमोचन गरेका हुन्।

पोखरेली गायक रामभक्त जोजिजूले गाएको गीतमा संगीतकार राजनराज शिवाकोटीले संगीत भरेका छन्। नेपाली सिनेक्षेत्रकी चर्चित अभिनेतृ प्रियंका कार्की र अभिनेता नीराजन प्रधानको गीतमा फिचर्ड रहेको छ।

निदेर्शक निकेश खड्काको निदेर्शनमा म्यूजिक भिडियो बनेको हो। कमल थापाले रेकर्ड गरेको ‘मायालाई ढाकाको पछ्यौरी’ गीतको भिडियोलाई पोखराको जेई स्टुडियोले प्रस्तुत गरेको हो।

राजन ईशानले एरेञ्ज गरेको गीतमा सुवोल थापाको कोरियोग्राफी रहेको छ। बुद्ध थापाले छायांकन गरेको म्यूजिक भिडियोको सम्पादन विधान धमलाले गरेका छन्।

यसअघि, सिकेले रचना गरेको ‘काहुँडाडापारी, घर मेरो वारी’, ‘बागलुङ टु पोखरा’ ‘प्रियसीका यादहरु’ ‘बाराही मन्दिर घुम्दाघुम्दै’ ‘जाँदैछु विदेशमा’ ‘बहिनीलाई दिएको रुमाल’ लगायतका बोलको लोकगीत रेकर्ड भइसकेका छन्।

उक्त गीतमा पनि गायक रामभक्त जोजिजू, भूपेन्द्र रायमाझी, बीबी अनुरागी र राकेश अपजसी लगायतले स्वर र संगीत भरेका छन्।

प्रमुख अतिथि कवि तथा प्राज्ञ तीर्थ श्रेष्ठले म्यूजिक भिडियोको गीतमा गीतकारले परम्परालाई सम्झने प्रयास गरेको उल्लेख गरे। गीत आफैमा गायक जोजिजूको गायनयात्रामा नयाँ आयाम बन्न सक्ने बताए। उनले नेपालीले आफ्नो गीत, संगीत बनाएर नै राष्ट्रलाई चिनाउनुपनेर्मा जोड दिए। आफ्नै माटोमा उभिएर नै आफ्नो राष्ट्रको पहिचान बन्न सक्ने श्रेष्ठको धारणा थियो।

‘दौरा सुरुवालमा नै नेपालीहरुको आफ्नो पहिचान छ’ श्रेष्ठले भने, ‘नेपालीहरुको मौलिक पनका पोशाक दौरा सुरुवाल हराउन थालेका छन्। सारङ्गीहरु हराउन थालेका छन्। हामीहरुले पञ्चेबाजा, दमाहा र जोगीबाजाहरुलाई भुल्न थालेका छौं। यसले हामीहरुलाई हाम्रै मौलिकपन भुलाएको छ। ’

श्रेष्ठले संगीतको क्षेत्र गहन र अथाह रहेको चर्चा गरे। उनले हरेक वस्तुहरुको जीवन नै आफैमा लय र संगीतमय रहेको श्रेष्ठले बताए। उनले भने, ‘आकाशमा चन्द्र, सूर्य र तारा पनि उनीहरुकै लय र गतिमा अडिएर बसेका छन्। यस्तो गीत, संगीत बनोस्, जसले मान्छेहरुको मन छुन सकोस्। ’

आफ्नो जीवनको भोगाइलाई नै शब्दद्वारा गीतमा उतारिएको गीतकार उमेस सिकेले बताए। गायक रामभक्त जोजिजूको संगतबाट नै आफ्नो सांगीतिक यात्राको थालनी भएको सिकेले सुनाए। आफ्नी आमाले आफूलाई सदैव सत्कर्ममा लाग्ने प्रेरणा दिएको गीतकार सिकेले बताए।

‘मलाई सधैँ सत्मार्ग र सत्कर्ममा लागि रहन मलाई मेरी आमाले सिकाउनुभयो, ’ उनले आमालाई सम्झिदै भने, ‘आमा भन्नुहुन्थ्यो, राम्रो कुरा सिक्न र जान्नु छ भने अग्रजहरुसँग संगत गर्नुपर्छ। आमाबाट पाएको प्रेरणादायी शिक्षालाई मैले आफ्नो जीवनमा उतार्ने कोशिस गरें। यो गीत पनि त्यसैको संयोजन हो। ’

प्राज्ञ सूर्य खड्का ‘विखर्ची’ ले गीतमा सरलता र सरसता लगायत गुण रहनुपर्ने बताए। गीत, संगीतमार्फत नै राष्ट्रको पहिचान बन्ने उनको धारणा थियो। उनले राष्ट्रका स्रष्टा र कलाकारलाई राज्यले सम्मान गर्नुपनेर्मा जोड दिए। कार्यक्रममा संगीतकार कृष्णबहादुर श्रेष्ठले समेत शुभकामना मन्तव्य राखेका थिए।

हामोर्नीका अध्यक्ष ईतु जोजिजूको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष कौशल्या गुरुङले स्वागत घनश्याम लामिछानेले गीतमाथि प्रकाश र अनुराग अधिकारीले संचालन गरेका थिए।

Related News

सम्बन्धित समाचार

  • बेलायतमा ‘प्रकट’ र ‘पारिजात’को स्मरण

    आदर्श समाज सम्वाददाता जेठ १, २०८१
    पोखरा । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसास बेलायत शाखाले साउथ ह्यारोमा विविध कार्यक्रमका साथ साहित्यकार प्रकट पगेनी शिवको श्रद्धान्जली सभा…
  • ७ श्रष्टालाई गण्डकी प्रज्ञा प्रतिष्ठानको सम्मान

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रकृति र संस्कृतिको माध्यमबाट पोखरामा पर्यटकको आगमन बढाउन सकिने बताउनुभएको छ । शनिबार गण्डकी…
  • नरहरिको उपन्यास ‘शान्ति’ लोकार्पण

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    पोखरा । शिक्षासेवी तथा साहित्यकार नरहरि भट्टराईको शान्ति नायक उपन्यास शनिबार लोकार्पण गरिएको छ । शुक्ला साहित्य प्रतिष्ठानले आयोजना गरेको…
  • ‘क्यानभास’ मा धार्चेको कलासंस्कृति र भूगोल

    आदर्श समाज सम्वाददाता वैशाख २९, २०८१
    काठमाडौं । मनास्लु र गणेश हिमाल आरोहण पदमार्गको प्रवेशद्वारका रूपमा रहेको गोरखाको धार्चे गाउँपालिकाका कलासंस्कृति र भूगोललाई ‘क्यानभास’ मा उतारिएको…
  • गण्डकी प्रज्ञा–प्रतिष्ठानले ७ जना श्रष्टालाई सम्मान गर्दै

    आदर्श समाज सम्वाददाता वैशाख २६, २०८१
    पोखरा । गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो वार्षिकोत्सवको…

hero news full width