गण्डकी प्रदेश सांसद मीना गुरुङले महिलाहरु आत्मनिर्भर बन्नुपनेर्मा जोड दिएकी छन्। उनले यसको लागि विभिन्न प्रकारका सीप सिकी स्वरोजगार बन्न सुझाव दिइन्।
पोखरा ११ स्थित धरहरा आमा समूहको दोस्रो अधिवेशन तथा चौथो साधारणसभा शनिवार उद्घाटन गर्दै सांसद गुरुङले परिवारको सम्पूर्ण बागडोर सम्हाल्ने महिला मुलुकको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा दिन सक्ने भन्दै त्यसको लागि शुरुवातमा आत्मनिर्भर बन्नुपर्ने बताइन्। विभिन्न प्रकारका सीप सिक्न आफ्नो व्यक्तिगत सहयोगमा समेत प्राविधिक सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरिन्।
वडाध्यक्ष मोहनप्रसाद बास्तोलाले वडाको विकासमा सबैको हातेमालो हुनुपर्ने बताए। उनले धरहरा टोल विकासमा आगामी १ महिनाभित्र खानेपानी समस्या समाधानको पहल गर्ने बताए।
धरहरा टोल विकास समिति उपाध्यक्ष एवं पृथ्वीनारायण क्याम्पसका सहायक प्राध्यापक पदमप्रसाद दवाडीले टोलमा खानेपानी समस्या चर्को बन्दै गएको भन्दै गुनासो गरे। उनले तत्कालीन समयमा झलकराम अधिकारीबाट टोलमा पींच बाटो निर्माण र पूर्व सांसद चूडामणि जंगलीको पहलमा सोलार राख्ने काम भएको जानकारी दिए।
कार्यक्रममा शिवशक्ति क्याम्पसका क्याम्पस प्रमुख दीपक बास्तोला, शिवशक्ति माविका सहायक प्रअ गुरुप्रसाद तिवारी, महाकालेश्वर आमा समूह अध्यक्ष निर्मला आचार्य, रामचौतारी आमा समूह अध्यक्ष मुगादेवी बास्तोला, सिद्धेश्वर आमा समूह अध्यक्ष शारदा बास्तोला, व्यवसायी नेत्रप्रसाद सुवेदी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।
धरहरा आमा समूह अध्यक्ष निर्मला सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा सुवेदीले संस्थाको प्रगति प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।
त्यस्तै, सचिव अञ्जिता बास्तोलाले सचिवको प्रतिवेदन र कोषाध्यक्ष शाति देवकोटाले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका थिए।
कार्यक्रमको संचालन सचिव अञ्जिता बास्तोला र स्वागत उपाध्यक्ष सिर्जना बास्तोलाले गरेकी थिइन्।
यसैबीच, समूहको आगामी कार्यकालको नेतृत्व सिर्जना बास्तोलाले लिएकी छन्।
समूहको अधिवेशनले आगामी २ वर्षको लागि बास्तोलाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
कार्यसमिति उपाध्यक्षमा शान्ति देवकोटा, सचिव अञ्जिता बास्तोला, सहसचिव बिन्दु पोखरेल र कोषाध्यक्ष गीता गौतम चयन भए। सदस्यमा पार्वती पौडेल, पार्वती आचार्य, मीद्रा अधिकारी, शान्ता तिवारी, ललिता राना, विष्णु बास्तोला, विजया पोखरेल र मीनाक्षी शर्मा छन्।
यस्तै, सल्लाहकारमा समूहका संस्थापक अध्यक्ष गीता गौतम र निवर्तमान अध्यक्ष निर्मला सुवेदी चयन भए।
Related News
सम्बन्धित समाचार
दलित पत्रकार संघ गण्डकीमा पूर्ण
गण्डकीको हिउँदे अधिवेशन आह्वान
गण्डकीमा मगर र गुरुङ भाषा : सरकारी कामकाजी बनाउन प्रक्रिया थालनी
पोखरा महोत्सवमा शान्तारानी यसरी ढलिन्
पत्रकार महासंघ गण्डकीका संस्थापक अध्यक्ष पौडेलको स्मृतिमा सभा
hero news full width
मुख्य समाचार
करार फालेर करार नियुक्त गर्दै महानगर
भलिबल क्रेज बढाउँदै टाइगर कप
माघ १२, २०८१पोखरा महानगरपालिकाको १६ औैं नगर सभा सम्पन्न
माघ १२, २०८१धारापानी माविको ७४ औं वार्षिकोत्सव
माघ १२, २०८१सार्वजनिक लेखा समितिमा बहस: बजेटमा फिक्सिङ भयो
माघ १२, २०८१सिद्धबाबा सुरुङमार्गको ‘ब्रेक थ्रू’
माघ ११, २०८१